2026 April 26/ 11:38: 23am

धुलिखेल/‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित विश्व औलो दिवस काभ्रेमा पनि सञ्चारकर्मि सगं अन्तक्रिया तथा विविध जनचेतनामुलक कार्यक्रम गरी मनाईएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रुपमा मनाउँदै आएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषेतम सेढाईले बताउनु भयो । 
नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धता अनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अति महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ । सो लक्ष्य अनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसिमा बाँकी छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लक्ष्य निर्धारण गरेको डा. सेढाईले वताउनु भयो ।  डा. सेढाईका अनुसार आयतित औलो निवारण नै काभ्रेका  लागि मुख्य चुनौती हो । यस बाहेक पनि औलोको परीक्षण नहुनु, भारतसँगको खुल्ला सिमाना र भौगोलिक विकटता औलो निवारणको चुनौती हुन ।  ‘चुनौतीका बाबजुत यस वर्षदेखि लगातार तीन वर्ष स्थानीय औलोका बिरामीको सख्या शून्यमा झार्न लागि परेका छौ डा. सेढाईले भन्नु भयो । 
सन् २०२२ मा काभ्रेमा औलोका २ आयातित बिरामी भेटिएका थिए । डा. सेढाईका अनुसार औलो एक व्यक्तिबाट अर्र्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङक्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । ‘औलो समान्य र कडा लक्षण सहितका हुन सक्छन । औलो सङ्क्रमण भएको सात देखि ३० दिनसम्म औलोको लक्षण देखिन सक्छ,  सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने , वान्ता हुने लक्षण देखिन्छ । लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन डा.सेढाईको सुझाव छ । ‘औलो सङ्क्रमितलाई जाडो, गर्मी र पसिना आउने तीन चरण देखिन्छ । औलो कडा हुँदै गएमा जण्डिस देखापर्छ, कलेजो सुनिन्ने, मिर्गौला र श्वास प्रश्वासमा समस्या देखिएर मृत्युसम्मको जोखिम हुने डा. पुरुषोतम राज सेढाईले जानकारी दिनु भयो । काभ्रेमा यदि औलोको बिरामीहरु फेला परिहालेमा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको र स्वास्थ्य कार्यालय उपचारका लागी तयारी अबस्थामा बसेको डा. सेढाईले बताउनु भयो ।