2026 April 26/ 11:38: 21am

बनेपा/ब्युटिसियन सिक्नेहरुका लागी बनेपामा स्टार अफ ब्यूटी स्कील एकेडेमी सञ्चालनमा आएको छ । 
एकेडेमीको उद्घाटन सौन्दर्य कला ब्यबसायी संघका केन्द्रिय अध्यक्ष तथा उद्योग वाणिज्य सघंकी केन्द्रिय सदस्य कमला श्रेष्ठले गर्नु भएको छ । श्रेष्ठले नयाँ तथा बेसिक सिकेर बसेका महिलाहरुका लागी उक्त एकेडेमीमा सिप सिक्न अनुरोध गर्नु भएको छ । हामीले पढाई सँगै सिप सिक्यौ भने रोजगार खोज्न कतै जानु नपर्ने श्रेष्ठको भनाई रहेको थियो । हामीले आफ्नो सौन्दर्यका लागी पनि ब्युटिसियन गर्न जरुरी रहेको र यसलाई विकृतिका रुपमा नलिई ब्यबसाय र रोजगारका रुपमा लिनुपर्ने श्रेष्ठले बताउनु भयो । 
कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, पत्तञ्जली योग समिती वागमती प्रदेश अध्यक्ष गुव्रेन तौजले लगाएतले एकेडेमीका बारेमा शुभकामना मन्तब्य राख्नु भएको थियो । एकेडेमीका सञ्चालकद्वय रुपा जंग राणा र सुमित्रा प्रधानले बेशिक देखी एड्भान्स सम्मका कोर्षहरु सिकाईने बताउनु भयो । काठमाडौमा विगत २४ वर्षदेखी सञ्चालन गर्दै आएको एकेडेमीले भ्याली बाहिर समेत सेवा दिने र बेरोजगार महिला दिदिबहिनीहरुलाई सिप प्रदान गर्ने उद्देश्यले उक्त एकेडेमीको स्थापना गरिएको बताईएको छ ।