– बलराम घिमिरेको नेतृत्वमा नयाँ चयन
बनेपा/सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति काभ्रेको आठौ अधिबेशन केन्द्रिय अध्यक्ष तथा वागमती प्रदेश सांसद् भारती पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अधिबेशनको उद्घाटन गर्दै प्रमुख अतिथी पाठककले सामुदायिक वनहरुलाई उत्पादन मुखी र उद्योगमुखी बनाउनु पर्नेमा जोड दिनु भयो । वन मन्त्रालयले सामुदायिक वन विरुद्ध ऐन ल्याएकाले सामुदायिक वन महासंघ आन्दोलनमा रहेको र तुरुन्त उक्त ऐन सच्याउन तथा सरकारसँग वार्ताका लागी महासचिवको नेतृत्वमा वार्ता समिति बनाएको बताउनु भयो । सामुदायिक बनमा फलफुलका बिरुवा, तरकारी, कुरिलो, सिताके च्याउ लगायतका बोटबिरुवा लगाई उपभोक्तालाई उत्पादन सँग जोड्नका लागी सबै सामुदायिक वन उपभोक्ता समितिहरु लाग्नुपर्ने बताउनु भयो । वनलाई गहनाका रुपमा सजाउन मात्रै नभई सहि सदुपयोग गरी उपभोक्ताको आम्दानी बढाउन लाग्न पाठकले सुझाव दिनु भयो । अहिले देशैभरी सामुदायिक वनहरुमा आगलागी भएकाले उपभोक्ताहरु सँग आगो निभाउने कुनै संयन्त्र औजार नभएकाले स्थानिय सरकार, प्रदेश र संघ सरकारले समन्वय गरी वन जोगाउन लाग्नु पर्ने र आगो लगाउनेलाई कडा भन्दा कडा कार्वहि गर्नु पर्ने पाठकले वताउनु भयो ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासघंका महासचिव दीर्घ बहादुर शाहि, केन्द्रिय सदस्य शान्ता न्यौपाने, डिभिजन वन कार्यलयका डिएफो देविचन्द्र पोखरेल, वागमती वन महासंघका सदस्य भैरब केसी लगायतले सबै उपभोक्ता, स्थानीय सरकारहरु मिलि वन जोगाउन लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा महासंघको सांगठानिक प्रतिबेदन अध्यक्ष तथा कार्यक्रमका सभापति विनोद सापकोटाले प्रस्तुत गर्नु भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा ५ सय ७९ सामुदायिक वन उपभोक्ता समुह समुदायलाई हस्तान्तरण गरिएको बताउनु भयो । ३० हजार ८ सय ७२ हेक्टर वन क्षेत्र समुदायलाई हस्तान्तरण गर्दा त्यस बाट ५९ हजार ४ सय ८६ घरधुरीका ३ लाख ४५ हजार २ सय ३२ जना लाभान्वित भएको सापकोटाले बताउनु भयो । सामुदायिक वनलाई संरक्षण गरेर मात्र हुदैन अब ब्यबस्थापनतर्फ लागेर सामुदायिक वनका विपन्न उपभोक्ताको जिविकोपार्जनमा सुधार ल्याउन सामुदायिक वन उपभोक्ता लागेको सापकोटाले बताउनु भयो । सामुदायिक वन उपभोक्ताहरुले बनबाट प्राप्त हुने लालीगुराँस संकलन र प्रशोधन गरी जुस जाम, लप्सी केन्डी, अदुवा केन्डी, नेपाली कागज, बाँसबाट विभिन्न हस्तकलाका सामानहरु, निंगालोबाट डोको, डालो, नाङ्गलो लगायतका सामाग्री तथा विक्रेट उत्पादन गरी विक्रि गर्दै आईरहेका छन् भने सामुदायिक वनमा खेर गईरहेको झाडी एवं काठ दाउरा तथा जडीबुटीका लागी काम नलाग्ने बस्तुहरुबाट कोईला उत्पादनको काम शुरु भएको वताईएको छ । अधिबेशनको बन्द सत्रबाट बलराम घिमिरेको अधयक्षतमा नयाँ कार्यसमिती चयन भएको छ ।









