बनेपा/बनेपाको विद्या सागर सेकेण्डरी स्कुलका प्रिन्सिपल हिरा शर्मा नेपालले ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गर्नुभएको छ । बिगत ३१ बर्ष देखि शिक्षा क्षेत्रमा आबद्ध नेपालले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै अवार्ड प्रदान गरिएको हो ।
अनुजा मिडियाद्वारा आयोजित एडुकेशन एक्सिलेन्स अवार्डमा नेपाल भरिका २० जना उत्कृष्ट प्रिन्सिपलहरुलाई बेस्ट प्रिन्सिपल अवार्ड प्रदान गरिएको हो । यात्रा प्लसको मुख्य प्रायोजन तथा योङ लिडर्स प्रोग्रामको सहयोगमा आयोजक अनुजा मिडियाले शैक्षिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानलाई कदर गर्दै बेस्ट प्रिन्सिपल अवार्ड प्रदान गरेको हो ।
अनुजा मिडियाले बिगत ४ बर्ष देखि विद्यार्थीहरुको व्यक्तित्व तथा नेतृत्व विकासको लागि बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । बिभिन्न क्षेत्रका सफल व्यक्तित्वहरुसँगको सहकार्यमा स्कुल तथा कलेजका विद्यार्थीहरुको लागि योङ लिडर्स प्रोग्रामको सुरुवात गर्दैछ । समाजमा रहेर शिक्षा क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्ने उद्देश्यले अवार्डको गरिएको आयोजक संस्था अनुजा मिडियाकी अध्यक्ष अनुजा आचार्यले बताइन् । संस्थाले मिस टिन प्रिन्सेस्, मिस टिन स्कुल, स्कुल प्रिन्स एन्ड प्रिन्सेस्, सक्सेस अचिवर्स अवार्ड, मोटिभेसनल सेसन, एक्जिटो एक्सिलेन्स अवार्ड लगायतका कार्यक्रमहरु आयोजना गरेको छ ।









