2026 April 26/ 09:53: 41am

बनेपा/गुरुकुल बेलर क्याम्पसले स्नातक तहका विद्यार्थीहरुलाई लक्षित युगानुकुल ज्ञान विज्ञान एवं मानवीय स्वास्थ्य परिचय विषय कार्यक्रम आयोजना गरेको छ  । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले नयाँ प्रविधि र सुरक्षा क्षेत्रका चुनौतिको तत्कालीन भईरहेको व्यवस्थापन र युवा वर्गको काँधमा आउन सक्ने जिम्मेवारीका बारेमा बताउनु भएको थियो । काठमाण्डौ विश्व विद्यालयका पूर्व प्रमुख प्रशासकीय अधिकृत तथा अध्यात्मवक्ता मुकुन्द प्रसाद उपाध्यायले विज्ञान एवं अध्यात्मको खाँचो र समाजमा देखिने प्रभाव व्यवस्थापनको बारेमा जानकारी गराउनु भयो । जिल्ला प्रहरी उपरिक्षक भागेन्द्र पुरुष ढकालले विद्युतीय अपराध र रोकथामका बारेमा भईरहेको व्यवस्थापन र यसलाई चुस्तदुरुस्त बनाउन आजका युवाहरुले विकास गर्नुपर्ने व्यवस्थापकीय क्षमताको बारेमा प्रकाश पार्नु भयो ।
कार्यक्रममा क्याम्पस प्रमुख भगिरथ अधिकारीले अहिलेको युगमा विज्ञान र प्रविधिको अथाह सम्भावना र त्यसको सदुपयोग एवं व्यवस्थापनबाट मात्रै समग्र दुनियाँको व्यवस्थापन हुने भएकोले विद्यार्थीहरुको व्यवस्थापकीय क्षमतामा अभिवृद्धि गर्नु मात्रै यसको अन्तिम उपाय हो भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको अधिकारीले बताउनु भयो । जिल्लामा लामो समयदेखी सामाजिक मनोविज्ञ एवं महिला अधिकारकर्मीको रुपमा कार्यरत निर्मला काफ्लेले सामाजिक विषमता अज्ञानता र नवयुवाहरुले निर्वाह गर्नुपर्ने जिम्मेवारी बहन गर्दा आवश्यक पर्ने व्यवस्थापकीय क्षमताको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा क्याम्पसका प्रमुख भगिरथ अधिकारीले कार्यक्रमको औचित्यता र अतिथी प्रज्ञानको बारेमा विद्यार्थीलाई जानकारी गराउनुभयो ।