2026 April 26/ 09:54: 25am

धुलिखेल/नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति काभ्रेले संगठनको स्थापना दिवसको अवसर पारी जिल्लामा रहेका कार्यलयगत शुभकामना आदान प्रदान गरेको छ । 
संगठनका अध्यक्ष गायत्री रमण घिमिरेको नेतृत्वमा प्रत्येक कार्यालयमै गई कार्यालयका प्रमुख तथा कर्मचारीहरु सँग शुभकामना आदान प्रदान गरिएको घिमिरेले बताउनु भयो । शुभकामना आदन प्रदान सँगै कर्मचारीहरुका समस्या, संगठनले गर्ने काम र कर्तब्यका बारेमा छलफल गरिएको थियो । बैशाख ६ देखी ८ गते सम्म उक्त कार्यलाई निरन्तरता दिने वताईएको छ । शुभकामना आदान–प्रदान कार्यक्रममा संगठनका उपाध्यक्ष देव बहादुर बस्नेत लगायत पदाधिकारी र सदस्यको सहभागिता रहेको थियो । त्यसैगरी जिल्लामा रहेका संगगठनका अध्यक्ष गायत्री रमण घिमिरे, युनियनका अध्यक्ष हरिकृष्ण तिमल्सिना र राकसका अध्यक्ष राजकुमार तामाङले प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्याललाई २१ बुदें ज्ञापनपत्र बुझाएका छन् ।