ताल्ढुङ्गा/मिशन ग्रासरुट अभियान अन्र्तगत नेकपा एमालेले २०८०बैशाख १ गते नेकपा एमाले खानीखोला गाँउपालिका कमिटीको कार्यालयमा मदन आश्रीत स्मृति पुस्तकालयको स्थापना गरेको छ ।
महाभारत गाउँ कमिटीको कार्यालयमा पनि पुस्तकालय स्थापना गरिएको छ । मदन भण्डारीका सङ्कलित रचनाहरु र पुस्तक सङ्कलन भएका कृतिहरु पुस्तकालयमा उपलब्ध छन् । बैशाख ३ गते समृध्द खानीखोला विकास छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न दलका नेताहरु, संघ संस्थाहरु, उद्योगीहरु, व्यवसायीहरु, पत्रकार, पूर्व जनप्रतिनिधिहरु, उपभोक्ता समितिहरु, वहुवर्षिय वोलपत्रका जिम्मेवारहरुलाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री रामेश्वर फुयाँल, एमाले नेताहरु, संविधान सभा सदस्य रामहरी सुवेदी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।









