बनेपा/आभाष साकोस बनेपाले शुरु गरेको छोरी सम्मान कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ । छोरीप्रतिको सम्मानको निरन्तरता स्वरुप साकोसले बैशाख १ गते बनेपाको शिर मेमोरियल अस्पतालमा जन्मिएकी छोरीलाई सम्मान गरेको हो ।
अध्यक्ष दिनेश कायश्थ तथा सहकारीका पदाधिकारीहरुको उपस्थितीमा शीरमेमोरियल अस्पतालमा पहिलो जन्मिने छोरीलाई स–सम्मान सहित १० हजार प्रदान गर्ने सिलसिलामा यो पटक पनि हस्तान्तरण गरिएको अध्यक्ष दिनेश कायश्थले बताउनु भयो । बैशाख १ गते पनौती निबासी जयराम सापकोटा र तारा भूर्तेल दम्पतिबाट जन्मेकी नवजात छोरीलाई सम्मान तथा पुरस्कृत गरी आभाष साकोसले उक्त सम्मानलाई निरन्तरता दिएको हो । ६ वर्ष देखि आभाष साकोसले उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ ।









