2026 April 26/ 09:53: 39am

    बनेपा/बनेपा नगरपालिकाका पुर्व नगर प्रमुख रामभक्त कोख श्रेष्ठको दिवंगत पछि स्थापना गरिएको रामभक्त कोख श्रेष्ठ स्मृति सिरपा प्रवन्ध समितिको २० औ बार्षिक साधारण सभा सभापति हरिभक्त भोक्षिभोयाको अध्यक्षता तथा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रमा युवा ब्यक्तित्व अविन भोक्षिभोयालाई सम्मान गरिएको थियो । कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवाल लगायत, प्रा.डा. उत्तमकृष्ण कर्माचार्य, राजु सरकार, कृष्णप्यारी नकर्मी लगायतले बनेपा निर्माण र बनेपाको सुधारका लागि स्व.रामभक्त कोख श्रेष्ठले पु¥याउनु भएको योगदानका बारेमा चर्चा गरेका थिए । संस्थाले हरेक वर्ष समाजमा योगदान पु¥याएका विशिष्ठ ब्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।