2026 April 26/ 11:37: 43am

ताराबहादुर कुँवरलाई जनसेवाश्री
    काठमाडौं/बागमती प्रदेशको राजधानी मकवानपुर हेटौडामा हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिको शाखा उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल सहित तीन मन्त्रीले उक्त शाखाको उद्घाटन गरेका छन् । 
    हेटौडा–११ थानाभ¥याङ्गमा अवस्थित हजुरलाई नमस्ते ट्रेड लिंक प्रालि नामक हेटौंडा शाखाको उद्घाटन गरिएको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री युवराज दुलाल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका सचेतक तथा प्रदेशका निवर्तमान युवा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल लगायतको शाखा उद्घाटन कार्यक्रममा सहभागिता रहेको थियो । 
    हजुरलाई नमस्ते ट्रेड लिंकका प्रवन्धक निर्देशक ताराबहादुर कुँवरले देशका विभिन्न स्थानमा शाखा खोल्ने योजना अनुरुप उक्त शाखा शुभारम्भ गरिएको बताउनुभ यो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कार्यालय उद्घाटन गर्दै सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मकवानपुर प्रहरी प्रमुख बामदेव गौतम, हेटौंडा ११ नम्वर वडा अध्यक्ष जुना दहाल,  निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेँल लगाएतको सहभागीता रहेको थियो । हजुरलाई नमस्ते ट्रेड लिंकका प्रवन्धक निर्देशक कुँवरले मकवानपुरको व्यवसायीहरुको सुविधाको लागि ट्रेड लिंकको शाखा हेटौंडामा विस्तार गरेको बताए । नमस्ते ट्रेड लिंकले निर्माण र हेभी उपकरणको सामानहरु विक्री वितरण गर्दै आइरहेको छ । नमस्ते ट्रेड लिंक जिपी र आइटीआर लुव्रिकेन्टको नेपालको लागि आधिकारीक विक्रेता पनि हो ।
ताराबहादुरलाई जनसेवाश्री
    समाजसेवी एवम् हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिका प्रमुख ताराबहादुर कुँवर नेपाल सरकारबाट प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित हुनुभएको छ । उहाँलाई नायाँ वर्षका दिन राष्ट्रपति रामचन्द्र पौडेलले विभूषणद्वारा सम्मानित गर्नुभएको हो ।
    चक्रपथ सफाइका अभियान्ता तथा सामाजिक व्यक्तिका रुपमा चिनिएका उहाँ समाजसेवी, कुशल व्यवसायीका साथै विभिन्न संघसंस्थामा आबद्ध हुनुहुन्छ । उहाँले आफ्नो जन्मभूमि काभ्रे भुम्लुका विभिन्न विद्यालयमा जाडोका लागि स्वेटर वितरण, निःशुल्क स्वास्थ्य शिविर आदि प्रदान गर्दै आउनुभएको छ । साथै काभ्रेका विभिन्न ६ वटा क्याम्पसमा अक्षयकोष पनि खडा गर्नुभएको छ । निरन्तर समाजसेवा भन्दै २०७२ को भूकम्पका बेला उद्धार तथा राहतका वितरण गरेर चर्चा कमाएका कुँवर नेपाल हेभी इक्युपमेन्ट निर्माण व्यवसायी महासंघको संस्थागत अध्यक्षसमेत हुनुहुन्छ ।
    कोरोनाका समयमा समस्या परेकालाई राहत वितरण गरेर उहाँले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्नुभएको थियो । फरक क्षमता भएकाहरुलाई पटकपटक राहत वितरण गरेर समाजसेवाको गरिसकेका कुँवरले रगतको अभाव हुन नदिन धेरै पटक रक्तदान कार्यक्रम पनि गर्नुभएको थियो । यस्तै समाजसेवा गरेको प्रतिफलस्वरुप उहाँले प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा सम्मानित हुने मौका पाउनुभएको छ । संघर्ष, धैर्यता र परोपकारी काम निस्वार्थ भावनाले गरेबापत आफूले यो सम्मान पाएको उहाँले बताउनुभयो ।