2026 April 26/ 09:53: 40am

    पनौती, बाँसघारी/पनौती नगरपालिका वडा नम्वर ५ बाँसघारी, सुब्बागाउँमा रहेको मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव सम्पन्न भएको छ । २०७९ चैत्र ३० देखि २०८० बैशाख २ गतेसम्म मन्दिर परिसरमा आयोजना गरिएको उक्त महोत्सव भब्य भएको आयोजकले जानकारी दिएका छन् । 
    व्रह्मोत्सवको अवधिमा चैत्र ३० गते विष्वक्सेन आराधना, पुण्याहवाचन, अङ्करारोपण, ब्राह्मणवरण, अग्नि प्रतिष्ठा, ध्वजारोण गरिएको थियो । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधि र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको पहिलो दिन कार्यक्रममा सहभागिता रहेको थियो । दोश्रो दिन अथार्त नयाँ नयाँ वर्षका दिन २०८० बैशाख १ गते द्धारतोरणपुजनम, चतुस्थानार्चन, नित्य होम, निय पूर्णाहुति गरिएको थियो । मध्यान्ह १२ बजे पछि श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको यात्रोत्सवका लागि नगर परिक्रमा गराईयो । यात्रोत्सवमा एक हजार भन्दा धेरै भत्तालुहरुको सहभागिता रहेको थियो । मन्दिरबाट पनौती त्रिवेणीधाम पुगेर यात्रा पुनः मन्दिर परिसरमा फर्किएको थियो । 
    तेश्रो दिन अर्थात बैशाख २ गते नित्य पूजा, पूर्णाहुति सके पछि मध्यान्ह १२ बजे देखि १०८ कलशद्वारा श्रीदेवी, बल्लभ मुक्तिनाथ भगवानको महाभिषेक, पुष्पयागम, द्धाद्धशाराधना, सप्तावरणम, ध्वजारोहण, सम्भावना गरिएको थियो । समापन कार्यक्रममा प्रदेश मन्त्री तिर्थ लामा, पूर्व सांसद शिवप्रसाद हुमागाई, अन्य जनप्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, विभिन्न क्षेत्रका धार्मिक तथा सामाजिक ब्यक्तित्वहरुको सहभागिता रहेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । प्रथम व्रह्मोत्सवका लागि विभिन्न उप समितिहरु गठन गरिएको थियो । मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले २०७३ साल मसिर २ गतेबाट मन्दिर निर्माणका लागि संस्थापक अध्यक्ष गोपालबहादुर थापाले सप्ताह मार्फत कार्य प्रारम्भ गर्नु भएको थियो । २०७४ असोज २५ गते स्वामी कमलनयनाचार्यद्वरा शिल्यान्यास गरिएको मुक्तिनाथ मन्दिर निर्माण कार्य कोरोना भाईरसका कारण चार वर्ष पछि धकेलिएको थियो । २०७८ असोज २५ गते देखि मुक्तिनाथ मन्दिरमा पुजा शुरु गरिएको भए पनि २०७९ बैशाख ८, ९ र १० गते प्राण प्रतिस्ठा गरिएको थियो । सोहि तिथीलाई बार्षिक दिनको अवसर पारी यो वर्ष २०७८ चैत्र ३० गते देखि बैशाख २ गतेसम्म प्रथम व्रह्मोत्सव धार्मिक अनुष्ठान आयोजना गरिएको मुल ब्यवस्थापन समितिका संयोजक राजेन्द्र थापाले बताउनु भयो । १ सय ५१ सदस्य रहेको मुल ब्यवस्थापन समितिले धार्मिक अनुष्ठान सम्पन्न गर्न विभिन्न उप समिति गठन गरिएको थियो । मन्दिर सजावट, प्रसाद ब्यवस्थापन, अतिथी स्वागत, आर्थिक संकलन तथा ब्यवस्थापन, रथ यात्रा तयारी ब्यवस्थापन तथा अन्य कार्यका लागि उप समिति मार्फत कार्य विभाजन गरिएको प्रचार प्रसार समितिका संयोजक भोला थापाले जानकारी दिनु भयो ।