धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ३ कुत्ताल नजिकैको जंगलमा केहि दिन अघि फेला परेको कंकालको पहिचान भएको छ । मासु सबै कुहिएको अवस्थामा फेला परेको कंकालमा रहेको हाफ पाईन्टका आधारमा पहिचान भएको हो ।
२०७९ असोज देखि नमोबुद्ध नगरपालिका ३ मेथिन्कोटबाट धुलिखेल स्थित २८ किलोमा रहेका आफन्तलाई भेट्न आएका ३२ बर्षिय सेते तामाङ धुलिखेल ३ कुताल नजिकै रहेको जगलमा कंकाल मात्रै बाँकी रहेको अवस्थामा फेला परेका हुन् । उनी मानसिक समस्यमा थिए । उनले लगाएको हाफ पाईन्ट स्थानीय पसलमा सिलाएको र पाईन्ट सिलाउने ब्यक्तिले नै आफुले सिलाएको कपडाको समेत पहिचान गरे पछि आफन्तले कंकालको पुष्टि भएको हो । प्रहरीले आफन्तलाई शब पहिचान पछि पोस्टमास्टर्म गरेर बुझाएको छ ।









