2026 April 26/ 09:54: 27am

    काभ्रे/नेपाल एसबिआई बैंक लि.बनेपा शाखाले विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई वित्तीय क्षेत्रको ज्ञान तथा सचेतना बढाउन वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । 
    बनेपामा रहेको हिमालय माध्यमिक विद्यालय र हिमालय बहुमुखी क्याम्पसका छात्र तथा छात्राहरुलाई वित्तीय क्षेत्रको ज्ञान बढाउन उक्त तालिम प्रदान गरिएको नेपाल एसबिआई बैंक लि.बनेपा शाखा प्रमुख भुपेन्द्र मान श्रेष्ठले जानकारी दिनु भयो । सहभागिहरुले वित्तीय साक्षरता सम्वन्धी विषयमा राखेको जिज्ञासमा भुपेन्द्रमान श्रेष्ठ लगायतले जानकारी दिनुभयो । विद्यार्थीहरुले पछिल्लो समय वित्तीय क्षेत्रमा भएका समस्या, बैकिङ्ग कारोवार गर्दा हुने फाईदा तथा नागरिकहरुको जीवन निर्वाहका लागि बैकहरुले खेल्ने भूमिकाका बारेमा जिज्ञासा राखेका थिए । ‘ग्लोबल मनी विक २०२३’ का अवसरमा बैकले उक्त कार्यक्रम आयोजना गरेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 
    साक्षरता कार्यक्रममा विद्यालयका शिक्षक तथा क्याम्पसका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।