भैसेपाटी/विकटेश्वर फोर्जिङ द फ्युचर एकेडेमीले फ्युचर नाईट कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रम प्याब्सनका केन्द्रिय उप–महासचिव भिमसेन केसीको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी केसीले विद्यार्थीहरुलाई घोकन्ते शिक्षा नभई ब्यबहारीक र नैतिक शिक्षा प्रदान गर्नु पर्ने बताउनु भयो । संस्थागत विद्यालयहरुमा विद्यार्थीहलाई घोतकन्ते शिक्षा मात्रै प्रदान गर्छन् भन्ने कुराको अहिले खण्डन हुदै गएको केसीले बताउनु भयो । सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालयको गुणस्तरमा अब्बल, विभिन्न अतिरिक्त क्रियाकलमा उत्कृष्ट हुदै आएको केसीले बताउनु भयो । केसीले सरकारले संस्थागत विद्यालयहरुलाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रिन्सिपल श्याम बहादुर भुजेलले प्रस्तुत गर्नु भएको थियो । भुजेलले २०५३ साल बाट शुरु भएको विद्यालयमा २०६२ सालबाट एसएलसीमा सहभागी भएको बताउनु भयो । विद्यालयको मुख्य आयश्रोत भनेकै विद्यार्थीहरु भएको भुजेलले बताउनु भयो । गुणस्तरीय शिक्षालाई प्राथमिकता दिदै विद्यार्थीहरुको अनुशासन, विद्यार्थीहरुमा भएको अन्र्तनिहित प्रतिभालाई प्राथमिकता दिदै आएको बताउनु भयो । किताबी ज्ञानलाई मात्र नभई बैद्धिक र अतिरिक्त क्रियाकलापमा जोड दिएको प्रिन्सिपल भुजेलले बताउनु भयो । विद्यालयले शैक्षिक सत्र शुरु हुनु अगाबै चैत्र महिनामै शैक्षिक क्यालेण्डर तयार पार्ने, गुणस्तरीय शिक्षाको लागी शिक्षकहरुलाई तालिम प्रदान गर्दै आएको र आगमी शैक्षिक सत्रबाट कक्षा १२ सम्म सञ्चालन गर्ने, फुटसल सञ्चालन गर्ने नैतिक शिक्षामा जोड दिने भुजेलले बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष रामलाल दुवाल, पूर्व वडा अध्यक्ष गौरी राउत, वडा सदस्य सरिता श्रेष्ठ, प्याब्सन काभ्रेका बरिष्ठ उपाध्यक्ष महेन्द्र थिङ्ग, उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, प्याब्सनका पदाधिकारीहरु, प्याब्सन धुलिखेलका नगरका अध्यक्ष मुक्तिनाथ रिजाल, पनौती प्याब्सनका अध्यक्ष विमल न्यौपाने, अभिभावक हरिकृष्ण बुढाथोकी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रम विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुजेलको सभापतित्वमा सम्पन्न भएको थियो ।









