2026 April 26/ 09:53: 32am

    धुलिखेल/विन्ध्यावासिनी आध्यामिक प्रतिष्ठान, श्रीखण्डपुर काभ्रेपलाञ्चोकमा मन्दिर परिसर भौतिक एवं गुरुकुल संचालानार्थ श्रीमद देवी भागवत नवाह ज्ञान महायज्ञ शुरु भएको छ । हिजो बुधबारबाट शुरु भएको महायज्ञ चैत्र १७ गते समापन हुनेछ । 
    प्रतिष्ठानका संस्थापक परमाध्यक्ष अनन्त विभुषित स्वामी निःषेशानन्दजी महाराजको संकल्प बमोजिम उक्त मन्दिर परिसरमा हरेक वर्ष बार्षिकोत्सवको अवसमार नवाह ज्ञान महायज्ञ आयोजना हुनेछ । ‘२०७९ चैत्र ८ गतेबाट चैत्र १७ गतेसम्म आयोजना हुने नवाह ज्ञान महायज्ञबाट संकलित रकमबाट महर्षि मुद्गल सान्दीपनी गुरुकुलको स्थापना संचालन, महाकाली मन्दिर र श्रीखण्डेश्वर महादेव, छलेश्वर महादेव मन्दिर साथै धार्मिक वन निर्माण, विन्ध्यावासिनीको यज्ञमण्डप निर्माण, गुरुकुलको भवन तथा छात्रावास निर्माण, बहुउद्देश्यीय सामुदायिक भवन, सन्त निवास, भक्त निवास एवं योग साधना केन्द्र स्थापना निर्माण र योग तथा प्राकृतिक चिकित्सालयको स्थापनाको प्रारम्भ गरिनेछ’–संस्थापक अध्यक्ष स्वामी निःषेशानन्दजीले भन्नुभयो–‘हिजो बुधबार शुरु भएको यज्ञमा हरेक दिन विहान १० बजे देखि साँझ ५ बजेसम्म चैत्र ९ गते देखि १७ गतेसम्म कथा वाचन हुनेछ । चैत्र १७ गते पूर्णाहुती हुनेछ ।’ महायज्ञमा प्रत्येक दिन लघुरुद्राभिषेक, चण्डीपाठ, बेद पुराण, षड्रुद्राभिषेक, ग्रहशान्ति एवं अष्टचिरञ्जीव्ी पुजन सहित जन्मोत्सव व्रतवन्ध हुने अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताउनु भयो । 
    गुरुकुलम शैक्षिक जागरण, आध्यात्मिक चेतना एवं धार्मिक पर्यटन विकासका लागि विन्ध्यावासिनी आध्यामिक प्रतिष्ठान स्थापना गरिएको थियो । महायज्ञमा सहभागि हुने आयोजकले श्रद्धालु भक्तजनहरुलाई निमन्त्रणा गरिएको सचिव रामप्रसाद तिमल्सिनाले बताउनु भयो ।