बनेपा/बनेपामा पहिलो पटक किचेन सम्बन्धी मार्ट खुलेको छ । बनेपाको तरकरी बजारमा युनिक किचेन प्रभा मार्ट सञ्चालनमा आएको हो । किचेनका सामानहरु लिन धेरै ठाँउमा भौतारीनु पर्ने अबस्थाको अन्त्य भएको मार्टका प्रोपाईट आभाष घिमिरेले बताउनु भयो ।
रिर्सोट, होटल, अस्पताल, घरायसी र क्लिनिङ्ग सम्बन्धी सम्पुर्ण सेट नै सामानहरु सुपथ मुल्यमा उपलब्ध रहेको घिमिरेले बताउनु भयो । विभिन्न ब्राण्डका उच्च गुणस्तरीय सामानहरु एकै ठाउँबाट उपलब्ध रहेको जनाएको छ । काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखालाई लक्षित गरी काठमाडौ जानु पर्ने झन्झटबाट मुक्त गर्दे उक्त किचेनका सम्पुर्ण सामानहरु उपलब्ध रहेको र होम डेलीभरी समेतको ब्यबस्था रहेको प्रोपाईटर घिमिरेले बताउनु भयो ।









