भक्तपुर/मनकामना बचत तथा ऋण सहकारी संस्थाको पद्मश्री सेवा केन्द्र कौशलटारले सदस्यता उत्प्रेरणा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बालकृष्ण दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाको वित्तीय विवरण, संस्थाका दीर्घकालीन योजना, संस्थाले सदस्यहरुलाई प्रदान गर्दै आएका सेवा सुविधाको सम्बन्धमा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सिद्देश्वर महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिमाया कँडेल, समृद्धि बचत ऋण सहकारी संस्था बनेपाका अध्यक्ष साधुराम दाहाल, संस्थाका उपाध्यक्ष गोपालप्रसाद घिमिरे, शिक्षा उपसमिति सदस्य ज्ञानु दाहालले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा निलो आकाश बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष लेखनाथ दाहाल, संस्थाका सचिव होमनाथ ढुंगेल, संचालक गोपाल प्रसाद तिमल्सिना, मुक्तिनाथ तिमल्सिना, चुडामणि दाहाल, लेखा सुपरिवेक्षण समिति संयोजक मोटप्रसाद सापकोटा, सदस्य नम्रता थापा, पूर्व जर्नेल हेमकर शम्सेर जबरा, ऋण उपसमिति सदस्य रामहरी शर्मा दाहाल, संस्थाका वरिष्ठ प्रबन्धक सुजन जंगम, प्रबन्धक सिताराम तिमिल्सिना, कौशलटार सेवा केन्द्र प्रमुख सरोज नेपाल, पनौती सेवा केन्द्र प्रमुख रमेश घिमिरे, कोटेश्वर सेवा केन्द्र प्रमुख दिलकुमार श्रेष्ठ तथा विभिन्न उपसमितिका सदस्यहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शेयर सदस्यहरु विभिन्न संस्थाका प्रतिनिधि र काठमाडौं उपत्यकामा बसोबास गर्ने ब्यक्तिहरुको उत्साहजनक उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष बालकृष्ण दाहालले बजारमा तरलाको संकट एवं समग्र वित्तीय बजार नै संकुचन भएको समयमा पनि संस्थाले निर्वाध रुपमा अत्यावश्यक कर्जा लगानी, सदस्यता राहात कार्यक्रम तथा सदस्यको निक्षेप फिर्ता गर्दै आएको हुनाले मनकामनालाई विश्वाशको ढुकुटी सम्झी ढुक्कसँग कारोबार गर्न आग्रह गर्नु भयो । संस्थाले अत्याधुनिक प्रविधिमैत्री सेवा तथा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम संचालन गर्दै आएको सेवाकेन्द्र संयोजक दामोदर दाहालले दिनु भयो । संस्थाको समग्र गतिविधिबाट आकर्षित भै कार्यक्रममा उपस्थित ११ जना ब्यक्तिहरुले नयाँ सदस्यता ग्रहण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । सस्थाले केन्द्रिय कार्यालय बनेपा, गोदामचोक बनेपा, पनौती, बेथानचोक, पाँचखाल, कोटेश्वर र कौशलटार सेवा केन्द्र मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । कार्यक्षेत्र काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौं रहेको संस्थाले माघ मसान्तसम्म कुल शेयर पुँजी २४ करोड ७९ लाख, कर्जा लगानी १अर्ब ७४ करोड, निक्षेप १ अर्ब ५२ करोड शेयर सदस्य सँख्या ८,५६२ जना रहेको र सँस्थाले मोबाईल बैंकिङ तथा क्युआर कोड लगायतका प्रविधिमैत्री सेवा प्रदान गरेको छ । शेयर सदस्य राघबेन्द्र तिमल्सिना लगायत सदस्यहरुको जिज्ञासाको समाधान प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले गर्नु भएको थियो । सेवा केन्द्र ब्यस्थापन उपसमिति सदस्य फुल कुमारी केसीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम शिक्षा उपसमिति सदस्य हरिकृष्ण दाहालले संचालन गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व सेवा केन्द्र संयोजक दामोदर दाहालले गर्नु भएको थियो ।









