बनेपा/संचारकर्मी एवं अधिबक्ता काभ्रेपलाञ्चोक जिल्ला पनौती कुशादेवी निवासी सरिता सापकोटाको शब्द रचना रहेको जाने भए जाउ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यस अघि सापकोटाकै शब्द रचनामा पाँच वटा गीत रेकर्ड भएका छन् ।
सापकोटाको शब्द तथा रुपक डोटेलको स्वर रहेको म्युजिक भिडियो ‘जाने भए जाउ’ ‘फाइभ स्टार्स नामक युट्युवब च्यानलबाट सार्वजनिक गरिएको हो । मनोज चौलागाईंको संगीत रहेको उक्त गीतलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन । पनौतीमै छायांकन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन टेकेन्द्र शाहले गरेका हुन् । म्युजिक भिडियोमा विकास लामिछाने, ऋचा थापा र अशोक घिमिरेले अभिनय गरेका छन । संचारकर्मी तथा अधिबक्ता सापकोटाले रचना गरेको पहिलो गीत ‘तिम्रो तस्बिर’ हो । उक्त गीतमा युवा गायक प्रताप दासले स्वर दिएका थिए । म्युजिक भिडियो ५ मिनेट २७ सेकेण्डको छ । युवा अवस्थाको प्रेम, सम्पति तथा अनुुभुति रहेको उक्त म्युजिक भिडियोले धोका पाए पछि फर्केर नआउ भन्दै पीडा पोखिएको छ ।









