2026 April 26/ 08:12: 32am

    बनेपा/सिटिईभिटिको आयोजना र कट्स एण्ड कियर सीप विकास तालिम केन्द्रको संयोजनमा प्रथम तह तालिम समापन भएको छ । तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
    ब्युटी पार्लर, टेलर लगाएतका तीन महिने तालिमहरु सञ्चालन भएका थिए । तालिममा २ सय ५० जना विद्यार्थीहरु सहभागी भएका थिए । तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले गर्नु भएको थियो । प्रमाण पत्र वितरण गर्दै शाक्यले प्रमाण पत्र मात्रै लिने नभई तालिममा सिकेको शिपलाई ब्यबहारमा उतारी आत्मनिर्भर स्वरोजगार बन्न सुझाब दिनु भएको थियो । बनेपा नगरपालिका पनि विभिन्न सघं सस्थाहरु सँग मिलि शिपमुलक तालिमहरु प्रदान गर्दै आएको र आगामी दिनमा समेत उक्त तालिमहरु प्रदान गर्ने हुँदा ईच्छुकहरुले सहभागी हुन अनुरोध गर्नु भएको थियो । नगरपालिकाको योजना भनेको पनि सबैलाई क्षमता र रुची अनुसारको शिप प्रदान गरी स्वरोजगार बनाउने भएको हुदाँ उक्त अबसरलाई सदुपयोग गर्नु पर्ने शाक्यले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटा, बनेपा पोलिटेक्निकल इन्स्च्यिुटका लेखा प्रमुख वेदप्रसाद न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलका प्रमुख यादवनाथ आचार्य, सौन्दर्य कला व्यवसायी संघ काभ्रेका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य लक्ष्मी श्रेष्ठ, काभ्रे लेडि जेसिज वर्ष २०२३ का अध्यक्ष बुद्ध लक्ष्मी मानन्धर लगाएतको सहभागिता रहेको थियो ।
    कट्स एण्ड कियर सीप विकास तालिम केन्द्रकी प्रोपाईटर सुमित्रा श्रेष्ठ बादेले आगामी दिनमा सिटिईभिटी र बनेपा नगरपालिका सँग समन्वय गरी एड्भान्स तालिम सञ्चालन गर्ने बताउनु भयो । कार्यक्रममा तालिम प्रशिक्षकहरुलाई समेत प्रमाण पत्र वितरण गरिएको थियो ।