बनेपा/संस्थागत विद्यालयहरु मध्ये जिल्लाकै पहिलो विद्यालय सिद्धार्थ अंग्रेजी माध्यमिक विद्यालयको ३९ औ अभिभावक दिवस सम्पन्न गरेको छ ।
बागमती प्रदेश सार्वजनिक निर्माण ईकाईका प्रमुख डा.चन्द्रप्रसाद लुईटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी लुईटेलले काभ्रेको ईतिहास बोकेको विद्यालयमा आगामी दिनमा समेत शैक्षिक स्तरलाई खस्कन नदिन सुझाव दिनु भयो । नेपालकै उत्कृष्ट विद्यालयका रुपमा रहदै आएको निजी क्षेत्रबाट सञ्चालित उक्त विद्यालयले काभ्रेको मात्रै नभई नेपालकै नाम र ईज्जत राख्न सफल भएको लुईटेलले बताउनु भयो । लुइृटेलले विद्यार्र्थीहरुलाई अब प्राविधिक तथा ब्यबसायीतर्फ लगी स्वरोजगारमुलक शिक्षा प्रदान गर्न लाग्नुपर्ने बताउनु भयो । अहिलेको शिक्षाले विद्यार्थीहरु आफ्नै देशमा नबसी बाहिर जाने बढेकाले राज्यले नै नयाँ शिक्षा नीति अपनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रिन्सिपल गुन्ज प्रसाद लुईटेलले राख्नु भएको थियो । लुईटेलले विाद्यलयले स्तरीयता, गुणस्तरीयता र प्रतिबद्धता गौरवान्वित ईतिहासलाई निरन्तर दिने बताउनु भयो । विद्यालय विद्यार्र्थीहरुको उत्कृष्ट रोजाईमा पर्न सफल भएको, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट हुदै आएको, २०५४ र २०६१ सालको एसएलसी परिक्षामा बोर्ड प्रथम भएको, २०५८ सालमा कक्षा १२ को परिक्षामा बोर्ड प्रथम भएको, २०७७ को शैक्षिक सत्र सम्म टपटेन भित्र पर्न सफल भएको, एसएलसी ÷एसईईमा २ हजार र कक्षा १२ मा ३ हजार विद्यार्थीहरु उतिर्ण भैई सकेका प्रिन्सिपल लुईटेलले बताउनु भयो । लुईटेलले विद्यालयबाट पास आउट विद्यार्र्थीहरु सरकारी, तथा विभिन्न क्षेत्रमा कार्यरत रहेको बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख शिबराज त्रिपाठी, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, अभिभावक रामचन्द्र भट्टराई, कक्षा १० कि छात्रा कृष्णा श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा शैक्षिक सत्र २०७९ भरि गरिएका अतिरिक्त क्रियाकलापको फोटो प्रर्दशनी र साँस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य शिक्षक ज्ञानेश्वर निरौलाले राख्नु भएको थियो । कार्यक्रम विद्यालयका संस्थापक तथा विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष ज्ञानबहादुर केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।









