2026 April 26/ 06:36: 13am

    धुलिखेल/जनचेतना युवा समूह धुलिखेल ८ को २८ औं वार्षिक साधारण सभामा संस्थापक र पूर्व कार्य समिति सदस्यहरुलाई समान गरिएको छ । 
    संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्व र जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो । एक सय ३७ आजीवन सदस्य रहेको संस्थामा संस्थापक अध्यक्ष उद्धव प्रसाद वडाल, पूर्व अध्यक्ष साधुराम वडाल, पूर्व उपाध्यक्षद्वय अशोक केसी र दलवहादुर चौलागाई, संस्थापक दिलिपराज पराजुली, सुदर्शन बडाल, प्रदिप वडाल, कर्णवहादुर भुजेल, पूर्वकार्य समिति सदस्य, रामकृष्ण हुमागाई, इश्वरी भुजेल, पूर्व उपाध्यक्ष नारायण वडाल, संस्थापक विक्रम चौलागाइ, देवीप्रसाद ढुङ्गाना, सामाजिक कार्यमा सहयोग पु¥याउने प्रमोद वडाल, संस्थापक गणेश वडाल त्यस्तै गरी धनवहादुर मिजार, बछलादेवी महिला विकास सकोस, कटुवा पाखा सामुदायिक वनउपभोक्ता समिति, संस्थाको पूर्व कार्य समिति सदस्य चोलावहादुर गौतम, देवकुमारी चौलागाई नानीराम धिताल लगाएत ३९ जना व्यक्तिहरुलाई सम्मान गरिएको थियो । 
    संस्थाका सचिव नवराज वडालले प्रगति प्रतिवेदन र भावि कार्ययोजना, कोषाध्यक्ष नविन वडालले आ.व. ०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा १ लाख ५९ हजार ८ सय ८८ रकमको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो ।