2026 April 26/ 06:36: 13am

धुलिखेल/‘पशुपंक्षीलाई स्वस्थ राखौ, उत्पादन बढाऔ’ भन्ने मुल नाराका साथ धुलिखेल नगरपालिका पशुपंक्षी विकास शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको समन्वयमा एक दिने पशु स्वास्थ शिविर सम्पन भएको छ ।
शिविरमा धुलिखेल नगरपालिका भित्रका वडा नं १, ८, १२ मा सञ्चालन गरिएको पशु विकास शाखाका शाखा प्रमुख पुरुषोत्तम हुमागाईले बताउनु भयो । शिविरमा पशुहरुको परिक्षण गोबर परिक्षण, गर्भ परिक्षण, रेबिज बिरुद्धको भ्याक्सिन, नाम्ले जुकाको औषधी वितरण, बन्धाकरण लगायतका कार्यहरुमा ४ सय भन्दा बढी किसानहरुले सेवा लिएका बताएको छ । 
धलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले नगरले नगरका सबै वडामा पशु स्वास्थ्य शिबिरको आयोजना गर्ने बताउनु भयो । शिविरबाट किसानलाई प्रत्यक्ष लाभ हुने भएकाले नगरपालिकाले दिने सेवामा कुनै कमि हुन नदिने जंंगमले बताउनु भयो । शिविरमा वडा नम्बर १ का वडा अध्यक्ष सन्त बहादुर तामाङ वडा नम्बर ८ का वडा अध्यक्ष बिनोद गौतम वडा नम्बर १२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछाने, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो । शिविरमा भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र प्रमुख राजकुमार हुमागाई सहित डाक्टर तथा प्राविधिकहरुको उपस्थितिमा किसानहरुका समस्याका बारेमा जिज्ञासा राख्नु भएको थियो ।