कोशीपारी/शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन चौरी देउराली गाँउपालिका अध्यक्ष रुकू चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी चौलागाईले सहकारीले गर्दा गाँउमा महिला दिदिबहिनीहरुलाई आर्थिक कारोबार गर्न धेरै सहज भएको बताउनु भयो । थोरै थोरै रकम जम्म गरी आफ्नो स–सानो समस्यालाई र घर खर्च समेत टार्न सहयोग पुग्ने चौलागाईले बताउनु भयो । सहकारीहरु सहकारीकोे नीति र ऐन अनुसार सञ्चालन गर्नुपर्ने सोहि अनुसार संचालन भएका सहकारीहरुमा कुनै पनि समस्या नआएको चौलागाईले बताउनु भयो ।
साधारण सभामा संस्थाको वार्षिक प्रतिबेदन सचिव लक्ष्मण गौतमले आर्थिक प्रतिवेदन का.वा कोषाध्यक्ष रश्मी कुमारी खड्काले र लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक हरिशरण ढुंगानाले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं ३ करोड ३२ लाख ७६ हजार, निक्षेप ६ करोड ६ लाख २४ हजार, कुल पूँजीं ११ करोड ९१ लाख ५८ हजार रहेको जनाएको छ । संस्थाको तेस्रो अधिबेशनबाट संचालक समिति अध्यक्ष बिरबल गौतम, उपाध्यक्ष षडानन्द गौतम, सचिव शिव प्रसाद ढुङ्गेल, कोषाध्यक्ष बेद प्रसाद गौतम, सह–सचिब रश्मि कुमारी खड्का र सदस्यहरुमा उमादेवी चौलागाईं, कुमार गौतम निर्वाचित हुनु भएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समिती संयोजक बिष्णुप्रसाद सापकोटा, सदस्यमा मित्रलाल चौलागाईं र कमल प्रसाद काफ्ले निर्वाचित हुनु भएको छ । सभाको सभापतित्व अध्यक्ष लिलामाया गौतमले गर्नु भएको थियो ।









