2026 April 26/ 06:36: 29am

बनेपा/काँठु गणेश बचत तथा ऋण सहकारी संस्थाको २० औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । 
स्थापनाको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गर्नु भएको थियो भने काँठु गणेश मन्दिर परिसरमा दिप प्रज्वलन गरिएको थियो । उक्त अवसरमा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति,संस्थाका सल्लाहकार, महिला उप–समिति, सहयोगी लायन्स क्लब अफ बनेपा सिटीका अध्यक्ष लगायत पदाधिकारी र संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन सचिव हरि गोपाल मानन्धरले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष त्रिरत्न राजबाहकले गर्नु भएको थियो ।