बनेपा/प्रेस चौतारी काभ्रे शाखाले संस्थाको स्थापना दिवसको अवसर पारेर धनेश्वर मन्दिर सरसफाई गरेको छ । अध्यक्ष भुवन रायमाझीले स्थापना दिवसको अवसरमा धार्मिक केन्द्र धनेश्वरको सरसफाई गरिएको बताउनु भयो ।
सरसफाई सँगै दिप प्रज्वलन गरी केक काटिएको थियो । कार्यक्रमा एमाले उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उप सचिव राजकुमार सापकोटा, संस्थाका पुर्व अध्यक्ष दयाराम महत लगायतको सहभागिता रहेको थियो ।









