2026 April 26/ 06:36: 13am

– सदस्य २४ हजार, शेयर पू“जी १५ करोड 
    बनेपा/बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औ वार्षिक उत्सव राष्ट्रिय सहकारी महासघंका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
     प्रमुख अतिथी कँडेलले विश्वको अर्थतन्त्रमा देखिएको तरलतामा सहकारीहरुमा पनि देखिनु स्वभाविक भएको बताउनु भयो । समुदाय स्तरमा सञ्चालन भएका संस्थाहरुमा समस्या नभएको बताउदै बेईमानी गर्ने नियतले खोलेका पारिवारिक रुपमा सञ्चालन भएका सहकारीहरु जहाँ सुनका सिक्का, उपहार लगायतका प्रलोभन दिई बचत संकलन गर्ने, बचत तथा ऋण लगानीको सामान्य अभिलेखीकरण समेत नराख्ने सहकारीमा समस्या आएको बताउनुभयो । कँडेलले सहकारीका समस्याहरु प्रति सहकारीकर्मीहरु विचलित नहुन अनुरोध गर्दै सहकारी सुरक्षित रहेको तर सचेत हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सहकारी संस्थाले न्यून आय भएका सदस्यहरुलाई स्वरोजगार बनाउन महत्वपुर्ण भूमिका खेलेको बताउँदै सदस्यले आफ्नो संस्थालाई माया गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सहकारीहरु सिस्टमा ऐन कानुन अनुसार चलेमा समस्या नहुने बताउँदै कँडेलले २–४ वटा सहकारीका कारण सबैलाई एउटै रुपमा हेर्न नहुने बताउनु भयो । अहिले पनि एक्सिस ब्राण्ड प्राप्त गर्ने सहकारीहरु छन् सदस्यहरुको विश्वास जित्ने सहकारी धेरै भएको कडेलले बताउनु भयो । 
    कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष शान्ति ढकाल, जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विकास वादे, संचालक सदस्य बालकृष्ण दाहाल, बनेपा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सचितानन्द केसी, संस्थाका प्रमुख सल्लाहकार रामहरी केसी, विभिन्न संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायले प्रस्तुत गर्नु भएको थियो । संस्थाको माघ २० गते सम्म शेयर सदस्य २४ हजार ४ सय ४३ जना, शेयर पुँजीं १५ करोड ५१ लाख ३१ हजार, संस्थागत पुजीं ११ करोड ७६ लाख २५ हजार, बचत हिसाब १ अर्व ३७ करोड ४९ लाख १५ हजार, ऋण हिसाब १ अर्व ३६ करोड ३५ लाख ७ हजार, तरलता २९ करोड ८३ लाख ६२ हजार १ सय ५८ कुल सम्पती १ अर्ब ७२ लाख १६ हजार ४१ हजार ९ सय ३२ रहेको जनाएको छ । काभ्रेपलाञ्चोक जिल्ला भर कार्य क्षेत्र भएको संस्थाले एक्सीस ब्राण्ड प्राप्त गरिसकेको छ भने गत वर्ष नेपालकै उत्कृष्ट भएको जनाएको थियो । 
    संस्थाले हाल चारवटा सेवा केन्द्रबाट सेवा दिदै आएको र आगामी पाँच वर्षमा ३ वटा सेवा केन्द्र (पनौती, नमोबुद्ध र मण्डन देउपुर न.पा.) थप गरी ७ वटा पु¥याउने योजना रहेको जनाएको छ । संस्थाले प्रत्येक वर्ष २० प्रतिशत सदस्यहरुलाई वित्तीय साक्षरता÷सहकारी शिक्षा प्रदान गर्ने, जसमा कम्तीमा ५% युवाहरुलाई समावेश गर्ने, संस्थामा सम्लग्न सदस्यहरुमा मितव्ययीताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकास गर्ने र सदस्यहरुबाट प्राप्त सबै खालका बचत सङ्कलन गर्ने, उत्पादनशील, आयमूलक, सीपमूलक लगायत उद्देश्यका लागि सदस्यहरुलाई उचित ब्याजदरमा ऋण प्रदान गर्ने, सदस्यहरुको व्यक्तिगत एवम् सामुहिक क्षमता अभिवृद्धि गरी स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पु¥याउने, सदस्यहरुको प्राथमिक आवश्यकता र आय आर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पूँजीको उपयोग बढाउने, सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पु¥याउने खालका आर्थिक, सामाजिक, सास्कृतिक र वातावरणीय सुरक्षाका कार्यक्रमहरु सञ्चालन गरी समुदायमा सहकारिताको महत्व स्थापित हुने काम प्रदर्शित गर्ने, वित्तीय साक्षरता मार्फत सदस्यहरुलाई आत्मनिर्भरता तथा आत्मविश्वास सम्बन्धी धारणाबारे उत्प्रेरित गर्ने, सहकारी अभियानको विकास र प्रवद्र्धनको उदेश्य लिई गठित जिल्ला, प्रदेश र केन्द्रीय सघको सदस्यता ग्रहण गर्ने, संस्थाको दिगो विकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन, नियमावली र यस विनियममा व्यवस्था भए बमोजिम चल अचल सम्पत्ति निर्माण गर्ने, दातृ संस्थाहरुवाट कुनै शर्त नराखी प्राप्त हुने चन्दा तथा अनुदान स्वीकार गर्ने, अन्य सङ्घ संस्थाबाट ऋण लिने दिने, मनि ट्रान्सफर तथा बीमाको सेवा उपलब्ध गराउने, एटिएम, क्यूआर कोड, मोबाईल बैंकिङ्ग, ईबैकिङ्ग लगायतका अन्य विद्युतीय प्रविधि प्रयोगमार्फत सेवा प्रवाह गर्ने, पर्यटन विकासमा टेवा पु¥याउने खालका क्रियाकलापहरु सञ्चालन गर्ने, सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्नसक्ने किसिमका अन्य कृयाकलाप सञ्चालन गर्ने जनाएको छ । 
    सदस्यहरुलाई १ लाख सम्मको दुर्घटना विमा, जटिल रोग उपचार २० हजार, स्थायी अङ्ग भङ्ग उपचार २० हजार, दैवि विपती सहयोग २० हजार, सदस्य राहत ३० हजार सम्म, सुत्केरी भेटघाट गर्दे आएको, १७ प्रकारका बचत, १४ प्रकारका ऋण सेवाहरु प्रदान गर्दे आएको प्रमुख कार्यकारी अधिकृत रायले बताउनु भयो । वार्षिक उत्सवका अवसरमा बुसा साधना २०७९ बाट नेफ्स्कुनका निर्वतमान अध्यक्ष ऋषिराज घिमिरेलाई सम्मान गरिएको थियो भने बुसा सहकारी साधना सम्मान मरणोपरान्त स्व. भोजराज घिमिरेका छोरा किरण घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रममा २०७९/०८० मा उत्कृष्ट बालबचतकर्ता, बचतकर्ता, ऋणी, शेयर खरीदकर्ता, रक्तदाता, कर्मचारी, एसईई उत्तीर्ण साथै १०+२ स्नातक, स्नातकोत्तर र एमफिल तह उत्तीर्ण गर्ने २७ जनालाई सम्मान र कलेज प्रथम गर्नेलाई एक जना सदस्यलाई नगद सहित सम्मान गरिएको थियो । सोहि अबसरमा रक्तदानको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष प्रेमनाथ कोईरालाले गर्नु भएको थियो भने सञ्चालन सचिब जयराम थापाले गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष कैलाश केसीले गर्नु भएको थियो ।