थप अब्बल भएको निश्कर्ष
होम चौंलागाँईं/मण्डनदेउपुर
मण्डनदेउपुर नगरपालिका वडा नम्वर ७ मा रहेको संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्था नगरकै पूरानो र सहकारी निती नियम अनुसार चलेको सहकारी संस्था हो । नगरपालिका भित्र रहेका दर्जनौं सहकारीहरु मध्ये अलग्गै पहिचान बनाउन सफल संकल्प स्वेक नगरबासीको बित्तीय सारथी बन्न सफल भएको छ ।
प्रत्येक वर्ष वार्षिक साधारण सभा गर्नु र ६ महिना भित्र संस्थाले गरेका अर्धवार्षिक आर्थिक तथा सामाजिक गतिविधिहरु समेटिएको समिक्षा गर्नु संस्थाको वार्षिक कार्यतालिका छ । हजारौं शेयर सदस्यहरु रहेको संस्थामा वार्षिक साधारण सभामा मात्र सबै खालका गतिविधि र सम्मान तथा पुरस्कार वितरणको कार्यक्रम गर्न असहज हुने भएकोले विभिन्न समयमा विभिन्न अवसरमा परी सम्मान तथा पुरस्कारका कार्यक्रमहरु संचालन गरिरहेको छ । सदस्य सहकारी शिक्षा कार्यक्रम, बाल भेला कार्यक्रम, विभिन्न वडाहरुमा शेयर सदस्य भेटघाट, सुत्केरी तथा श्रद्धाञ्जली र समवेदना प्रकट गर्न मृतक शेयर सदस्यको घरमा पुग्ने कार्यक्रम संचालन गर्दै आएको संस्थाले माघ १४ गते शनिबार तेमाल गाउँपालिका स्थित खहरेघाटको बगरमा आर्थिक वर्ष २०७९÷०८० को अर्घ वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक कार्य अन्तर्गत नगर भित्रका शेयर सदस्यका छोरा छोरीहरुमध्ये एसईई परीक्षाका उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सम्मान प्रदान गर्नु, वृद्ध सम्मान गर्नु, रक्तदान गर्नु र विभिन्न सामाजिक सहयोग गर्दै अगाडी वढ्नु संस्थाको सक्षमता हो । स्थानीय स्तरमा विद्युत महसुल बुझाउने सेवा प्रदान गर्नु, ई–सेवा, मोवाइल वैंकिङ, रेमिट्यान्स लगायतका आद्युनिक प्रविधिमैत्री सबै खाले सेवाहरु प्रदान गर्न सक्षम रहनु र आर्थिक कारोबारमा चुस्त दुरुस्तता कायम राख्न सक्दै आउनुलाई संस्थाले हिजो गरेको संकल्पको पूर्णताको रुपमा लिन सकिन्छ । यसको लागि समय समयमा समिक्षा, नियमित अनुगमन संस्थाको सुन्दर पक्षको रुपमा चिर्तित गर्ने गरिन्छ । संस्थाको अर्धवार्षिक समिक्षा कार्यक्रमहरु संचालन गर्दा असाध्यै धेरै नजिक र बजार केन्द्रित ठाउँहरुमा गर्ने गर्दा ध्यान केन्द्रित नहुने, सहभागीहरुबाट पूरा समय दिनुभन्दा हतारो गर्ने र संस्थाको समिक्षा प्रभावकारी नहुने गरेकोले समिक्षात्मक कार्यक्रम केहि टाढाको ठाउँमा राख्ने प्रयाश गरिएको संस्थाका ब्यवस्थापक श्यामकुमार श्रेष्ठले बताउनु भयो । संस्था र संस्थाको समिक्षात्मक कार्यक्रमलाई प्रभावकारी बनाउन त्यसढंगले सोच्ने गरेकोबाट पनि संस्थाको जिम्मेवारीबोधलाई सहजै बुझ्न र मूल्याङ्कन गर्न सकिन्छ ।
संस्थाका संचालक समिति, विभिन्न उप–समितिका संयोजक तथा सदस्यहरु, पूर्व संचालक तथा विभिन्न उप–समितिका सदस्यहरु, संस्थामा कार्यरत कर्मचारीहरु, गत वर्षका विभिन्न विधाका उत्कृष्ट शेयर सदस्यहरुको उपस्थितिमा सम्पन्न अर्धवार्षिक समिक्षाले संस्थाको चालु आर्थिक वर्षका ६ महिना भित्र भएका विभिन्न आर्थिक तथा सामजिक पक्षहरुको समिक्षा भएको थियो । राजनितिक अस्थिरता लगायतका विभिन्न कारणहरुले गर्दा वढ्दै गैरहेको आर्थिक विषमताको बाबजुद पनि संस्थाको सबैखाले आर्थिक गतिविधिहरु सबल र सक्षम भएको बताइएको थियो । सहकारी बजार र वढ्दै गएको सहकारीप्रतिको अविश्वासको खाडल वढ्न नदिनु यस संस्थाको सबल पक्ष हो । सामान्य ढंगको कर्जा समेत प्रवाह गर्न नसक्नु, शेयर सदस्यले बचत फिर्ता माग्दा दिन नसक्नु र आर्थिक कारोबार थेग्न नसकेर सहकारीका संचालकहरु भाग्नु समेत परिरहेको वर्तमान आर्थिक मन्दिको समयमा त्यस ढंगका माथि उल्लेखित कुनै प्रकारका समस्याहरु देखा नपर्नु भनेकै संस्थाको संस्थागत संचालन सहितको अब्बल पक्ष रहेको संचालकहरुले बताएका छन् ।
मण्डनदेउपुरका १२ औटै वडाहरुलाई कार्य क्षेत्र र वडा नं. १० चण्डेनी मण्डनमा पहिलो सेवा केन्द्र स्थापना गरेर सेवा प्रदान गरिरहेको संस्थाले नगरका सबै वडाहरुबाट सदस्यता वृद्धि गर्ने लक्ष्यका साथ अगाडी वढिरहेको अध्यक्ष बद्रिप्रसाद सापकोटाले जानकारी दिनु भएको छ ।









