2026 April 26/ 06:36: 27am

५७ हजार सदस्यलाई सेवा प्रदान गरी साँढे चार अर्बको कारोबार
काभ्रे/काभ्रेपलाञ्चोक जिल्ला, काठमाडौ जिल्ला र सूर्यविनायक नगरपालिकालाई कार्यक्षेत्र बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका CU Executive Award 2021/CUMI Award  प्राप्त गरी समुदायमा अपनत्व प्राप्त गर्न सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष २०७९।०८० को अर्धवार्षिक समिक्षा एवं रणनीतिक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । 
कार्यक्रममा संस्थाको अर्धवार्षिक सम्ममा भएका कार्य प्रगति एवं अर्धवार्षिकमा लक्ष्य प्राप्तीमा देखिएका चुनौतीको छलफल र बाँकी अर्धवार्षिकमा संस्थाको लक्ष्य प्राप्तीका लागी अपनाउनु पर्ने रणनीति र कार्ययोजना सेवा कार्यालयका कार्यालय व्यवस्थापकहरुले प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रममा विभागीय व्यवस्थापकहरुले विभागीय रणनीति र संस्थाका प्रमुख कार्यकारी अधिकृतले संस्थाको एकमुष्ट कार्यप्रगति लगायत चालू अर्धवार्षिक अवधिमा लक्ष्य प्राप्तीका लागी अपनाउनु पर्ने रणनीति  स्पष्ट पार्नुभएको थियो ।
समष्टिगत कार्य प्रगतिको जानकारी गराउनुहुँदै प्रमुख कार्यकारी अधिकृत के.बी.लामा स्याङ्तानले संस्थाको २०७९ पौष मसान्त सम्ममा शेयर सदस्य संख्या ४७ हजार आठ सय ९९, शैक्षिक बाल बचत कर्ता ९ हजार चार सय १६ जना गरी कुल सेवाग्राही ५७ हजार तीन सय १५ जना संस्थाको कुल सम्पत्ति ४ अर्व ४१ करोड ६६ लाख पु¥याउन संस्था सफल भएको जानकारी गराउनु भएको थियो ।
संस्थाको नवनिर्मित भवन बनेपामा सम्पन्न कार्यक्रममा संस्थाको संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, ऋण लगानी तथा असूली उपसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक एवं उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्व एवं संस्थाका निर्वतमान अध्यक्ष एवं सल्लाहकार प्रदिप थापाको प्रमुख अतिथित्यतामा संस्थाको कार्यालय भवनमा सम्पन्न भयो । कार्यक्रम संचालन संचालक समितिका सचिव डोरेन्द्रराज सापकोटाले गर्नुभएको थियो ।