2026 April 26/ 06:36: 29am

    बनेपा/काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको संयुत्त पद हस्तान्तरण एवं पुरस्कार वितरण र ब्यक्तित्व सम्मान सम्पन्न भएको छ । भकुण्डे, बेथान्चोक, पाँचखाल र नाल्दुम जेसीजले पनि विद्यान अनुसार जनवरी भित्रै पदस्थापन गर्नु पर्ने कानूनी ब्यवस्थाका कारण पद हस्तान्तरण, पुरस्कार वितरण र ब्यक्तित्व सम्मान सम्पन्न गरेका छन् । 
    काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको कार्यक्रममा प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे प्रमुख अतिथी हुनुहुन्थ्यो । नगर प्रमुख शान्तिरत्न शाक्य, जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर लगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्व. राम श्रष्ठ उत्कृष्ट जुनियर जेसीज पुरस्कार २०२२, स्व. लक्ष्मी रत्न शाक्य तथा सानु शोभा शाक्य मस्ट एचिभ जुनियर जेसीज २०२२, नानीमाया जोशी उत्कृष्ट महिला जेसीज पुरस्कार, स्व.आत्माराम आचार्य स्मृति उत्कृष्ट सहभागिता पुरस्कार, स्व. गोपाल भक्त राजवंशी उत्कृष्ट कार्यक्रम को अर्डिनेटर पुरस्कार, स्व. हरिकृष्ण बैद्य तथा गंगा देवि बैद्य उत्कृष्ट अनुशासन पुरस्कार, खोमबहादुर गुरुङ उत्कृष्ट संचालक समिति सदस्य पुरस्कार, राजेन्द्र जोशी उत्कृष्ट जेसी पुरस्कार, स्व राम श्रेष्ठ स्मृति उत्कृष्ट पुरस्कार, स्व. रत्नलाल मानन्धर स्मृति उत्कृष्ट सहभागिता पुरस्कार, स्व. आशाकाजी बैद्य उत्कृष्ट अनुशासन पुरस्कारबाट विभिन्न ब्यक्तिहरुलाई सम्मानित गरिएको थियो । २०२२ का अध्यक्षहरु जुनियर जेसीज सृष्टि शाक्य, लेडी जेसीज सुमित्रा श्रेष्ठ, काभ्रे जेसीजका अध्यक्ष संजीप मानन्धरले कार्यकालमा भएका कृयाकलापका बारेमा मन्तब्य राख्नु भएको थियो ।  २०२३ का अध्यक्षहरु काभ्रे जेसीजका सुमित मानन्धर, काभ्रे लेडी जेसीजका बुद्धलक्ष्मी मानन्धर र बनेपा जुनियर जेसीजका रोजा शिल्पकारले पदस्थापन गर्नु भएको थियो । २०२१ का अध्यक्षहरु क्रमश सुवास बैद्य, देवकी आचार्य र निर्जन गौतमलाई भुपु क्लवमा स्वागत गरिएको थियो । मायाको चिनो प्रदान, कदर पद लगायतका कार्यक्रमहरु सोहि अवसरमा सम्पन्न भएको थियो । 
    त्यस्तै भकुण्डे जेसीजको पदस्थापन, पद हस्तान्तरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम सोमबार सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । २०२२ का अध्यक्ष प्रमोद काफ्लेले वर्ष २०२३ का अध्यक्ष श्रीहरी अधिकारीलाई पदहस्तान्तरण गर्नु भएको थियो । नयाँ टिमको पदस्थापन र पुरानो कार्यसमितिलाई मायाको चिनो प्रदान गरिएको थियो । 
    त्यस्तै बेथान्चोक जेसीजको पदस्थापन, पद हस्तान्तरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बेथान्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । वर्ष २०२२ का अध्यक्ष डिकमान लामाले वर्ष २०२३ का अध्यक्ष शान्ति खत्रीलाई पद हस्तान्तरण गर्नु भएको थियो । सोहि अवसरमा सहयोगिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।