धुलिखेल/अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारण सभाबाट जयकृष्ण न्हसिजु अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
सहकारीको उपाध्यक्षमा नरबहादुर तामाङ, सचिव संजीव कुमार माकजु कोषाध्यक्ष वीरकृष्ण माकजु सदस्यहरु तिलक बहादुर श्रेष्ठ, सुन्दर प्रधान र सागरमणी श्रेष्ठ निर्वाचित हुनु भएको छ । त्यसैगरी लेखा समिति संयोजक अनमोल श्रेष्ठ सदस्य रुपक श्रेष्ठ र नारायण तामाङ्ग निर्वाचित हुनु भएको छ । साधारण सभामा संस्थाको वार्षिक प्रतिबेदन सचिव संजिब कुमार माकजुले आर्थिक प्रतिवेदन कोषाध्यक्ष वीरकृष्ण माकजुले सभामा प्रस्तुत गर्नु भएको छ । संस्थाको आर्थिक वर्ष २०७८÷०७९ मा शेयर पूँजी १ करोड १८ लाख ८६ हजार निक्षेप संकलन १३ करोड १४ लाख २१ हजार कर्जा लगानी १५ करोड ५० लाख ६५ हजार रहेको जनाएको छ । संस्थाले आफ्नो सामाजिक कार्य अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष जयकृष्ण न्हसिजुको सभापतित्वमा सम्पन्न भएको थियो ।









