बनेपा/नेपाल खेलकुद महासंघ जिल्ला कमिटी काभ्रेले रामेछापमा आयोजना गरिएको प्रदेश स्तरीय भलिबल प्रतियोगितामा सहभागि खेलाडीहरुलाई विदाई गरेको छ । नेकपा एमाले बागमति प्रदेश सदस्य कुमार थापाले खेलाडीहरुलाई विदाई गर्नु भएको थियो ।
विदाई कार्यक्रममा बोल्दै एमाले नेता कुमार थापाले खेलाडीहरुको मनोबल बढाउने गरी कार्यक्रम आयोजना गरिएकाले विजयी हुन र जिल्लाको नाम राख्न अनुरोध गर्नु भएको थियो । खेलाडीहरुलाई हौसलाका साथ प्रतियोगितामा सहभागि हुन थापाले अनुरोध गर्नु भएको थियो । अध्यक्ष नवराज मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । बुधबारबाट रामेछापमा प्रदेश स्तरीय प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताका लागि काभ्रेबाट टिम म्यानेन्जर रोहन श्रेष्ठ, कोच टिम म्यानेजर जम्बु थापा, असिस्टेन्ट कोच राजन सापकोटा, क्याप्टेन उमेश राना रहेका छन् । खेलाडीहरु उमेश राना, राम श्रेष्ठ, बेनीबहादुर मगर, संस्कार थापा, मनराज आले मगर, एलिन आले मगर, उत्तम राना, शुशान्त मगर, कृपा खड्का, सुरेश थिङ रहेका छन् । बैकल्पिक खेलाडीका रुपमा रविन सिंजाली, सुदन मोक्तान, प्रज्वल आले मगर रहेका छन् । खेलाडीहरुका लागि १६ थान ट्याक्सुट काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र बैदारले सहयोग गर्नु भएको थियो भने १० जोर जर्सी नाईटिङ्गेल स्कुलले उपलब्ध गराएको थियो । कार्यक्रममा रविन्द्र बैदार, निरज खड्का, राकेश लामा, विक्रम प्रजापति, आनन्द सागर यगोल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।









