बनेपा/प्राचीन भोत महोत्सवको अवसरमा किवनिस क्लव अफ काभ्रे नेपालद्वारा आयोजना गरिएको बनेपा नगरपालिका भित्रका विद्यार्थीहरु तथा क्रियटिभ सहकारीका बाल बचतकर्ताहरू गरी दुई समूहमा हाम्रो प्रकृति हाम्रो सम्पदा र हाम्रो संस्कृति विषयमा चित्रकला प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
चित्रकला प्रतियोगितामा विद्यालय समूहको तर्फबाट प्रथम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका कृजन तामाङ, द्वितीय ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका आरोग्य पराजुली, तृतीय रामभक्त मेमोरियल विद्यालयका लिया बादे र सान्तवना तर्फ अनुभव कर्माचार्य, प्रनिस कपालि, सृजन मानन्धर, विशाल भण्डारी, प्रशान्त ताम्राकारले हासिल गर्नु भएको छ । त्यसै गरी क्रियटिभ बाल बचत समूह तर्फबाट प्रथम श्रीजु प्रजापति द्वितीय हार्दिक योगाल श्रेष्ठ, संञ्जीव श्रेष्ठ र सान्त्वना प्रतीक मानन्धर, आर्य पराजुली, आर्य योगल, देवास श्रेष्ठ विजयी हुनु भएको छ ।
चित्रकला प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी तथा बालबालिकाहरुलाई बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले पुरस्कार वितरण गर्नु भएको थियो । शाक्यले सवै क्षेत्रबाट नगरको सम्पदा, प्रकृति र सस्कृती जोगाउन लाग्नु पर्ने बताउनु भयो । उक्त चित्रकला प्रतियोगिताको संयोजन किवनिस् क्लब अफ काभ्रेका अध्यक्ष अशोककुमार श्रेष्ठले गर्नुभएको थियो भने सहजीकरण बनेपाका वरिष्ठ चित्रकार सहायक कर्मचार्यले गर्नु भएको थियो । चित्रकला प्रतियोगिताको सह प्रायोजन क्रियटिभ बचत तथा ऋण सहकारी लिमिटेड, रोटरी क्लव अफ काभ्रे भ्याली र सुप्रिम डेन्टल केयरले गरेको थियो । चित्रकला कार्यक्रममा किवनिस नेपाल डिष्ट्रिक्टका गभर्नर लक्ष्मण लम्साल, गभर्नर इलेक्ट तीर्थ कुमारसिंह, कीवनिस् चिल्ड्रेन फण्डका शिवराम फुयाँलले अवलोकन र प्रोत्साहन गर्नुभएको थियो ।









