कुशादेवी/नेपाल रेडक्रस सोसाईटी कुशादेवी उपशाखाको आयोजना तथा हाम्रो साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा पनौती नगरपालिका वडा नम्वर २ कुशादेवीमा खुल्ला रत्तदान कार्यक्रम आयोजना गरिएको छ ।
नयाँ समिति निर्वाचित भए लगत्तै पहिलो कार्यक्रम खुल्ला रक्तदान आयोजना गरि शुरु गरिएको सभापति टंकप्रसाद हुमागाईले जानकारी दिनु भयो । खुल्ला रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गर्नु भएको थियो । रत्तदान कार्यक्रम अघि उपशाखाको बैठकले आगामी कार्यक्रम तथा संस्थाको शुसासन र नयाँ कार्यक्रमका बारेमा तयारी गरेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । रेडक्रस काभ्रे र काभ्रेका २९ वटै उपशाखाको निर्वाचन र्भखरै सम्पन्न भएको छ ।









