2026 April 26/ 05:10: 22am

    बनेपा/प्रोग्रेशिभ फाइनान्स बनेपा शाखाले पौष २६ गते मंगलबार बनेपा पुलबजार स्थित शाखा कार्यालयमा परिचयात्मक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख बिमला सापकोटा, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, इवामुरा हस्पिटल एण्ड कलेजका प्रो.डा.उत्तत्तमकृष्ण कर्माचार्य, प्रोग्रेशिभ फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाई, प्रोग्रेशिभ फाइनान्स लि.का संचालक समुन्द्रकाजी श्रेष्ठ, इवामुरा हस्पिटलका सुपरभाइजर लोकेन्द्रराज बिष्ट, बनेपा नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, बनेपा नगरपालिका वडा नम्वर १० का वडा अध्यक्षचन्द्र बहादुर खड्का, प्रोग्रेशिभ फाइनान्स लि.बनेपा शाखाका शाखा प्रवन्धक रमेश संजेल, प्रोग्रेशिभ फाइनान्स लि. नालाका काउन्टर इन्चार्ज संन्ध्या रंजितकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा समय सान्दर्भिक आर्थिक चुनौतीमा समन्वयामक तवरले अगाडी बढ्ने बिषयमा छलफल भएको थियो । 
    सहभागिहरुले पछिल्लो समय सहकारी तथा फाईनान्सहरुलाई हेर्ने दृष्टिकोण बदलिँदै गएको, अनुत्पादक क्षेत्रमा लगानी बढिरहेकाले नागरिकहरु बेरोजगार हुँदै गएको, बैदेशिक रोजगारलाई घटाउँदै नेपालमै रोजगार बृद्धी हुने खालका उद्योग तथा लगानीका क्षेत्र बढाउन फाईनान्सलाई सुझाव दिएका थिए ।