बनेपा/अंग्रेजी नयाँ वर्षसँगै नेतृत्व परिवर्तन हुने जेसीजमा यो वर्ष पनि नयाँ नेतृत्व चयन भएको छ । काभ्रे जेसीज र काभ्रे महिला जेसीजले नयाँ नेतृत्व चयन गरेका छन् । छनौट भएको नेतृत्वको पदस्थापन बाँकी छ । काभ्रे जेसीज वर्ष २०२३ को लागि अध्यक्ष सुमित मानन्धर, कार्यकारिणी उपाध्यक्ष सुजन महर्जन, कार्यकारिणी उपाध्यक्ष विजयराम बन्जारा, महासचिव रिकेस सैंजु, कोषाध्यक्ष स्वरुप शाक्य, कानुनी सल्लाहकार ज्ञानेन्द्र दाहाल, उपाध्यक्ष श्रृष्टि शाक्य, उपाध्यक्ष विवेक पुरि, उपाध्यक्ष चन्द वादे, उपाध्यक्ष अनिस मानन्धर, तालिम संयोजक निर्जन गौतम रहेका छन् ।
त्यस्तै काभ्रे महिला जेसीजको २९ औं साधारण सभा तथा २८ औं शाखा अधिवेशनबाट वर्ष २०२३ का लागि अध्यक्ष बुद्व लक्ष्मी मानन्धरलाई चयन गरिएको छ । समितिमा कार्यकारिणी उपाध्यक्ष स्वस्तिका श्रेष्ठ, कार्यकारिणी उपाध्यक्ष मञ्जु घिमिरे, कानूनी सल्लाहकार देवकी आचार्य दुलाल, महासचिव सबिता बज्रचार्य, कोषाध्यक्ष रविना सेवाचार्य, उपाध्यक्ष एलिसा मानन्धर, उपाध्यक्ष मतिना मानन्धर, उपाध्यक्ष सन्ध्या मानन्धर, उपाध्यक्ष सरस्वती मानन्धर, तालिम संयोजक समिता श्रेष्ठ रहनु भएको छ । बनेपा जुनियर जेसीजले पनि वर्ष २०२३ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।









