2026 April 26/ 05:11: 16am

बिष्णु घिमिरे/साउदी अरब
    नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबियाले राष्ट्रिय पर्व सोनाम ल्होछार २० जनावरीका दिन रियादमा  मनाउने भएको छ  ।
    तामाङ जातिको महान चाड मञ्जुश्री संवत २८५९ औं सोनाम ल््होछार ह्योईल्हा (तावरल्हो) प्रत्येक वर्ष झैं यो वर्ष पनि तामाङ जातिको पहिचान, रीतिरिवाज, भाषा, भेषभुशा तथा संस्कृतिको संरक्षण गर्नेउद्देश्यले साउदीमा आयोजना गरिएको जानकारी  दिएको छ । साथै यो पर्वमा तामाङहरुलाई प्रकृति प्रेमी समूदायका रुपमा चिनिने भएकोले विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गरिएको छ । साथै समूदायमा उक्त दिन  छोरी चेलीलाई बोलाएर टिका लगाइदिने  चलन  समेत रहेको छ । कार्यक्रममा नेपाली दूतावासका   राजदूत नवराज सुवेदीको प्रमुख आतिथ्यता सगै साउदीमा स्थापित विभिन्न सामाजिक, जिल्ला, जातिय तथा वैचारिक सघं सस्थाका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, व्यवशायी उपस्थित रहनेछन । कार्यक्रममा  म्हेन्दो मायाको चर्चित गायक रोम लामा, सेलो गायक आशिष मोक्तान तामाङ, नेपाली नृत्य समूह साउदी अरब तथा अन्य कलाकारको बेजोड प्रस्तुति रहने छ । कार्यक्रममा एक हजार नेपालीको उपस्थित गराउने गरी तयारी गरिएको छ ।