बनेपा/बनेपा नगरपालिका वडा नम्बर १०, १३ र १ मा पर्ने भगवान थुम्की सामुदायीक बन उपभोक्ता समितीको ३१ औ वार्षिक साधारण सभा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी खड्काले वन जोगाउनु सबै नागरीक र उपभोक्ताको दायित्व रहेको बताउनु भयो । बन जंगल जोगाउन सकियो भने खानेपानीका मुहान देखी जंगलमा रहेका बन्यजन्तुको समेत संरक्षण हुने र उपभोक्ताहरुका लागी चाहिने घाँस सोत्तर प्रयोग गर्न मिल्ने खड्काले बताउनु भयो । उक्त बनलाई धार्मिक तथा पर्यटकीय बनाउन सकेमा थप आम्दानी र संरक्षणमा सहयोग पुग्ने र उक्त बन भित्र रहेका जडीबुटीहरुको पहिचान गर्न सकेका थप आम्दानी हुने खड्काको भनाई रहेको थियो । वडा कार्यालय र वन मिलेर वडामा रहेका गरिब दलित र न्युन आय भएकाहरुलाई आम्दानीको आयश्रोत बढाउन वडाले सहजिकरण गर्ने खड्काले वताउनु भयो ।
कार्यक्रममा चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब सविना थापा, आर्थिक प्रतिबेदन कोषाध्यक्ष बालमुकुन्द थापाले सभामा प्रस्तुत गर्नु भएको थियो । वनको वािर्षक आय ब्यय कुल २९ लाख ४४ हजार ५ सय ८९ रहेको, उपभोक्ता समितिमा २ सय ८५ जना रहेको जनाएको छ । त्यसै गरी सामुदायीक बनले यो वर्ष विकासका लागि सडक ढलान र गोरखकाली मन्दिरलाई आर्थिक रकम प्रदान गरेको बताइएको थियो । कार्यक्रम समितिका उपाध्यक्ष सन्तोष थापाले सञ्चालन गर्नु भएको थियो भने सभापतित्व सामुदायीक बनका अध्यक्ष चित्रबहादुर केसीले गर्नु भएको थियो ।









