बनेपा/गणेशचोक परोपकार समुहको आठौं बार्षिक साधारण सभा सस्थाका अध्यक्ष ठाकुर बजगाईको सभापतित्वमा तथा बनेपा नगरपालिकाका प्रशासकिय अधिकृत धुर्व्रराज नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
साधारण सभाले ठाकुरप्रसाद बजगाई अध्यक्ष, उपाध्यक्ष रामप्रसाद तिमलसिना, सचिब बाबुराम घिमिरे, उपसचिब रामचन्द्र भट्टराई, कोषाध्यक्ष मिनबहादुर थापा, सदस्यहरु कैलास तिमल्सिना, केशबमणि पौडेल, समिता पन्त, सुरेन्द्र सापकोटा, नबिना नौपाने र सरिता महत निर्बिरोध निर्बाचित हुनु भएको छ । साधारण सभामा प्रमुख अतिथी धुर्वराज न्यौपानेले परोपकार संस्था नामा जस्तै काम गरेकाले समुदायका लागि अति अवश्यक भएकाले निरन्तरता दिन समितीलाई आग्रह गर्नु भएको थियो । आफ्नो धर्म सस्कृति रितिरिवाज अनुसार उक्त कर्म गर्नका लागी उक्त समितीले सहजिकरण गर्न र आवश्यकलाई उक्त स्थानमा काम गर्न दिदै आएकोमा धन्यबाद दिनु भएको थियो । समय र परिस्थिती अनुसार सबै मानिसको घरमा ठाँउ उपयुक्त नहुने भएकाले परोपकार समुहको भवनमा उपयुक्त र चाहिने सम्पुर्ण सामाग्री उपलब्ध गराउदै आएको जानकारी दिईएको थियो । सभामा समुहको वार्षिक प्रतिबेदन सचिब बाबुराम घिमिरेले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष मिनबहादुर थापाले प्रस्तुत गर्नु भएको थियो ।









