धुलिखेल/नेकपा एमालेका २३ वटा जनसंगठनहरुको सुदृढीकरण कार्यशला गोष्ठी काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । सुदृढीकरण गोष्ठीको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो । कार्यशालामा प्रत्येक संगठनका पदाधिकारीहरु सहभागी थिए ।
कार्यशाला गोष्ठीको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले जनसंगठन जुझारु हुनु पर्ने बताउनु भयो । ‘पोखरीमा जमेको पानी जस्तो होईन, झरना जस्तो हुनु पर्छ संगठन’–अध्यक्ष ओलीले भन्नुभयो–‘मकैको ढोड जस्तो होईन जनसंगठन कटबाँस जस्तो बलियो हुनुपर्छ ।’ पार्टीबाट निर्देशित, पार्टीका नीति, विचार र सिद्धान्त बोक्ने संगठन विकृति र विसंगति विरुद्ध शशक्त हुनु पर्ने अध्यक्ष ओलीले बताउनु भयो । ‘यो सरकार नेकपा एमालेले बनाएको हो, सरकारको पक्षमा र सरकारलाई सफल बनाउनु एमालेको पहिलो कर्तब्य हो’–अध्यक्ष ओलीले भन्नुभयो–‘आफ्नो सरकार आफै बनाउने सन्र्दभमा नेकपा एमाले सफल भएको छ ।’ एमालेले सफलता पूर्वक गठवन्धन ढालेको बताउँदै अध्यक्ष ओलीले तत्काल सरकार ढाल्न सफल हुने सपना नदेख्न चेतावनी दिनुभयो । अध्यक्ष ओलीले एमालेलाई सिध्यायौं भनेर दंग परे पनि एमाले रक्तबीज भएकाले अझ मजबुत हुने बताउनु भयो । कांग्रेसले गठबन्धनको बल र बुथ कब्जा गरेर केही सीट एमालेभन्दा बढी जिते पनि एमालेलाई जनताले लोकप्रिय मतमा पहिलो बनाएको उहाँले बताउनु भयो । एमालेका संगठित सदस्यहरु स्वंय मत राख्न नगएको वा नराखेको विषयमा ओलीले ब्यग गर्नु भयो । एकजना संगठीत सदस्यले थप दुई मत थप्ने अभियान चलायौं केहिले आफ्नो मत पनि राखेनन्’–ओलीले भन्नुभयो–‘अरुलाई तर्साउन एमाले ठुलो पार्टी भएको होईन, जनमत र अभिमत दुबै बढाउन बलियो र ठुलो पार्टीका लागि एमालेका संगठित सदस्यहरु धेरै भएको हो ।’ एमालेका ९ लाख सदस्यहरु त्यसरी नै हरेक जनताको घर घर पुगेर आगामी निर्वाचनमा एक्लै ठुलो र पहिलो पार्टी बन्ने गरी लाग्न अध्यक्ष ओलीले निर्देशन दिनु भयो ।
अध्यक्ष ओलीले एमालेलाई सिध्यायौं भनेर दंग परे पनि एमाले रक्तबीज भएकाले अझ मजबुत हुने बताउनु भयो । कांग्रेसले गठबन्धनको बल र बुथ कब्जा गरेर केही सीट एमालेभन्दा बढी जिते पनि एमालेलाई जनताले लोकप्रिय मतमा पहिलो बनाएको उहाँले बताउनु भयो । एमालेका संगठित सदस्यहरु स्वंय मत राख्न नगएको वा नराखेको विषयमा ओलीले ब्यग गर्नु भयो । एकजना संगठीत सदस्यले थप दुई मत थप्ने अभियान चलायौं केहिले आफ्नो मत पनि राखेनन्’–ओलीले भन्नुभयो–‘अरुलाई तर्साउन एमाले ठुलो पार्टी भएको होईन, जनमत र अभिमत दुबै बढाउन बलियो र ठुलो पार्टीका लागि एमालेका संगठित सदस्यहरु धेरै भएको हो ।’ एमालेका ९ लाख सदस्यहरु त्यसरी नै हरेक जनताको घर घर पुगेर आगामी निर्वाचनमा एक्लै ठुलो र पहिलो पार्टी बन्ने गरी लाग्न अध्यक्ष ओलीले निर्देशन दिनु भयो ।
अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै भन्नुभयो–‘अझै पनि एमाले नेतृत्वको कम्युनिष्ट सरकार र पार्र्टी ढालेर कोर्ष करेक्सन गरेकोमा गर्व गरिरहेका छन् ।’ नेपालले शनिवार आयोजित कार्यक्रममा आफ्नै अगुवाईमा केपी ओलीलाई ढालेर राजनीति सही दिशामा लगेको बताएका थिए । ओलीले भन्नुभयो – ‘हिजो तिर एकजना नेताले एमालेले गलत दिशामा लगेको राजनीति सही बाटोमा ल्यायौं, दुई तिहाइको हैसियत प्राप्त कम्युनिष्ट पार्टी राष्ट्रिय शक्ति बन्नु गलत ट्रेण्ड थियो, त्यसलाई असंवैधानिक ढंगले अदालतबाट कोर्ष करेक्सन ग¥यौं भनेछन । माया लाग्यो त्यस्ता व्यक्ति देखेर, अझ आफूलाई वाम्पन्थी पनि भन्छन । म नेता हो नेता, कार्यकर्ता होइन भन्छन । त्यस्ता मान्छेले जनताको शक्तिलाई कमजोर गरेकोमा कोर्ष करेक्सन गरेको ठान्छन । कठैबरा भन्न सकिन्छ, कठैबरा ।’ अध्यक्ष ओलीले पार्टी भन्दा पहिला जनसंगठन जन्मिएकाले त्यसको संरक्षण मात्रै होईन पार्टीको मियोका रुपमा कार्य गर्न निर्देशन दिनु भयो ।
कार्यशाला गोष्ठीमा जनसंगठन समन्वय समितिका प्रमुख भानुभक्त ढकाल, पार्टी उपाध्यक्ष विष्णु पौड्याल,म हासचिव शंकर पोखरेल, नेताहरु पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, गोकर्ण विष्ट, योगेश भट्टराई, काशीनाथ अधिकारी, सीता पौड्याल, थममाया थापा, माधब पौड्याल लगायतको सहभागिता रहेको थियो । २३ वटै जनसंगठनले ५÷५ मिनेट संगठनका गतिविधि र आगामी कार्यभारका बारेमा प्रस्तुती गरे पछि समुहगत छलफल भएको थियो ।









