2026 April 26/ 03:00: 52am

बनेपा/पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक उत्सवको अबसरमा रक्तदानको आयोजना गरेको छ । 
संस्थाको आफ्नो स्थापनाका अबसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रक्तदानको आयोजना गरेको संस्थाका अध्यक्ष शुसन राजवंशिले वताउनु भयो । संस्थाले स्वास्थ्य शिबिर, रक्तदान, सदस्यहरुलाई विभिन्न किसिमका आत्मनिर्भर हुने तालिम सदस्य लक्षित कार्यक्रमहरु गर्दे आएको प्रमुख कार्यकारी अधिकृत ईश्वर महाजुले बताउनु भयो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोग रहेको थियो भने ३४ जना ब्यक्तिले रक्तदान गरेका थिए ।