बनेपा/भोमी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई तिलहरी उन्ने तालिमको प्रदान गरेको छ ।
महिलाहरुको आर्थिक उपार्जनलाई टेवा पु-याउने उदेश्यले तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष हरिशरण श्रेष्ठले बताउनु भयो । सदस्यहरुलाई आत्मनिर्भर बनाई उनिहरुको आयश्रोत बढाउन संस्थाले विभिन्न तालिमहरु प्रदान गर्दे आईरहेको अध्यक्ष श्रेष्ठले वताउनु भयो । तालिम प्रशिक्षक बुद्धलक्ष्मी श्रेष्ठले महिलाहरुको आत्मनिर्भरलाई यसले सहयोग पुग्ने र रोजगारीको व्यवस्थापन गर्न मिल्ने बताउनुभयो । कार्यक्रममा संस्थाका महिला संयोजक मिनु रंजितले स्वागत मन्तव्य राख्नुभएको थियो भने निवर्तमान अध्यक्ष सत्यनारायण श्रेष्ठले धन्यवाद ज्ञापन राख्नु भएको थियो । कार्यक्रममा संस्थाका प्रबन्धक सुनैना श्रेष्ठले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष हरिशरण श्रेष्ठले गर्नु भएको थियो । तालिम सम्पन्न पश्चात सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।









