बिष्णु घिमिरे
बैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका झापा दमक ८ का सैलेन्द्र लवतीलाई स्वदेश फिर्ताको लागि हवाई टिकट सहयोग गरेको छ । नेपालको कपिल म्यानपावरबाट १ बर्ष अघि कफी मेकरको रूपमा साउदी अरेबिया आएका लावती बिगत ३÷४ महिना देखि कम्पनी नै बन्द भएका कारण अलपत्र परेका थिए । पिडितले काम गर्ने कम्पनी भन्दा भए लगत्तै आफु अलपत्र परेको खबर रियाद शहर स्थित लालिगुराँस रेस्टुरेण्टका संचालक एम तमु द्वारा जानकारी दिएका थिए भने लावतिको उद्धारको लागि नेपाली दूतावासलाई समेत जानकारी गराई ईक्जीटको व्यवस्था मिलाईएको थियो । पिडीत स्वदेश फिर्ताको लागी आवश्यक हवाई टिकट झापाली समाज साउदी अरबियाका अक्ष्यक्ष राजेन्द्र थापाकी धर्मपत्नी नरबदा थापाको जन्मदिनको अवसरमा सो हवाई टिकटको व्यवस्था गरिएको हो भने पिडीतलाई साउदीबाट नेपाल घरसम्म जाने व्यवस्था साउदीमा रहेको हिमालयन टुर एण्ड ट्राभल्स गरेको छ ।









