बिष्णु घिमिरे, साउदी
साउदी अरेबियामा तमु धि ल्होसार कार्यक्रम सम्पन्न भएको छ । गुरुङ समुदायले मानिने यो पर्व ल्हो या वर्ग १२ वटा हुने गरेको र जसमा बाघ, बिरालो, गडुल, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग, मुसा र गाई रहेको साथै यी वर्ग प्रत्येक वर्षमा फेरिने गरेको छ । यो वर्ष ल्होसार अर्थात् बाँदर वर्ष मानिने गरेको छ भने यो वर्ष जन्मिने सबै बाँदरलाई वर्गका रुपमा मानिने साथै १२ बर्षमा एक चक्र फेरिने र पुस १५ मा यो पर्व मानिदै आएको जानकारी आयोजकले दिए ।
कार्यक्रममा उपस्थित नेपाली दूतावासका राजदूत नवराज सुवेदीले तमु जातिको नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको र तमु ल्होसारले नेपाली समाजमा सद्भावना बढाउँदै आएको जानकारी गदै यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने गरेको वताउनुभयो । नेपाली दूतावासले साउदीमा कार्यरत नेपालीहरुको हकहितको लागि स्रोत साधनले भ्याएसम्म सहयोग गर्ने र सरकारले नै नेपाली कामदारको अनुभवको प्रयोग गरि स्वदेशमा नै काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए भने अन्य अतिथिहरुले ल्होछारको शुभकामना दिएका थिए । कार्यक्रममा तमु धी का अध्यक्षको सभापतित्व ,नेपाली राजदूत नवराज सुवेदीको प्रमुख आतिथ्य तथा साउदीमा स्थापित विभिन्न सामाजिक, जिल्ला, जातिय तथा वैचारिक संघ÷संस्थाका प्रतिनिधी, बुद्धिजीवी, समाजसेवी, मिडिया र व्यवसायीहरुको आतिथ्यता रहेको थियो ।









