बनेपा/राष्ट्रिय नेवाः एकता दिवस मूल समारोह समितिको आयोजनामा तेह्रौं नेवाः एकता दिवस मनाएको छ ।
दिवसको उद्घाटन बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले गर्नु भएको थियो । प्रमुख अतिथी शाक्यले संस्कृति सम्पदाका धनी एतिहासिक थलोको रुपमा विकास भएको सात गाँउ बनेपा, नाला, साँगा धुलिखेल, खड्पु, चौकोट र पनौतीका नेवार सँस्कृति र समुदायको सम्पदा जगेर्ना गर्ने उदेश्यले उक्त कार्यक्रम भएको बताउनु भयो । आफ्नो सँस्कृती र सम्पदा जोगाउनु सबैको दायित्व भएको शाक्यले वताउनु भयो । कार्यक्रममा आफ्नो नेवारी सँस्कृती झल्कने गरी भेषभुषा, बाजागाजा, महालक्ष्मी नाच, बासुरी बाजा, लाखे नाच, राजारानी नाच, धिमे बाजा, नेवारी गाना सहित बनेपा बजार परिक्रमा गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य सोमकाजी शाक्यले गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष जगन्नाथ श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार मोहन दुवाल लगाएतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।









