2026 April 26/ 05:07: 45am

बनेपा/काफ्ले समाज काभ्रेको तेस्रो अधिबेशन गुणराज काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
अधिबेशनले समाजको अध्यक्षमा धुव्र्र प्रसाद काफ्ले(मण्डनदेउपुर) बरिष्ठ उपाध्यक्ष धुव्र्र प्रसाद काफ्ले(पाँचखाल) उपाध्यक्ष अन्जन काफ्ले उपाध्यक्ष सीता काफ्ले सचिब शालिकराम काफ्ले, सह सचिब भोला प्रसाद काफ्ले कोषाध्यक्ष टिका बहादुर काफ्ले, र सदस्यहरुमा सुर्य प्रसाद काफ्ले, हरिकृष्ण काफ्ले, दिपेन्द्र काफ्ले, भेषराज काफ्ले, प्रकाश काफ्ले, भगवती काफ्ले, राधेश्याम काफ्ले र बिमला काफ्ले रहनु भएको छ । 
काफ्लेले सबै काफ्ले दाजुभाईहरु एकजुट भई आफ्नो धर्म र सँस्कृतिको रक्षा गर्नुपर्ने बताउनु भयो । अधिबेशनको सभापतित्व अध्यक्ष उत्तम काफ्लेले गर्नु भएको थियो भने सञ्चालन सचिव राजकुमार काफ्लेले गर्नु भएको थियो ।