2026 April 26/ 05:06: 59am

देवीटार/“मार्गदर्शन” संस्थाको आयोजनामा धुलिखेल १ मा रहेको देवीटार माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । 
मार्गदर्शन संस्थाका सदस्य
Luckme Syangden एवं पासाङ शेर्पाको समन्वयमा र  इटालियन नागरिक भ्चलभकतयErnesto Mecera Mascitelli को सहयोगमा बिद्यालयमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरुलाई ब्याग सहितको स्टेशनरी सामाग्रीहरु वितरण गरिएको संस्थाका अध्यक्ष ओम श्रेष्ठले बताउनु भयो । धुलिखेल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्त बहादुर लामा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उद्धब तिमल्सिना, विद्यालयका प्रधानाध्यापक गोबिन्द घोरासाइनेको उपस्थितिमा उक्त स्टेशनरी सामाग्री वितरण गरिएको थियो । 
कार्यक्रमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिमल्सिनाले सहयोगी संस्थालाई धन्यबाद दिदै विद्यार्थीहरुको गुणस्तरीयतामा ध्यान दिन सुझाव दिनु भएको थियो ।