2026 April 26/ 03:00: 52am

    श्रीखण्डपुर/श्रीखण्डपुर बचत तथा ऋण सहकारी संस्था लिममिटेडको १५ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । 
    संस्थाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिबेदन सचिब राजेन्द्र कर्मचार्यले आर्थिक प्रतिबेदन कोषाध्यक्ष पुण्यलाल मानन्धरले र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिवेदन संयोजक प्रेमबहादुर कर्माचार्यले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं १८ लाख ८६ हजार, निक्षेप १ करोड ५९ लाख १५ हजार, ऋण लगानी १ करोड ७८ लाख १५ हजार रहेको जनाएको छ । कार्यक्रममा संस्थाले सामाजिक उत्ततर दायित्व अन्र्तगत विभिन्न कार्यक्रमहरु रक्तदान, स्वास्थ शिबिर लगाएतका कार्य गर्दै आएको अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रममा संस्थाका उत्कृष्ट शेयर सदस्य,ऋणी, बचत कर्ता लगाएतलाई सम्मान गरिएको थियो ।