2026 April 26/ 03:01: 19am

    बनेपा/नेपाल ह्दयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाले पौष २ र ३ गते केन्द्रीय सभाको आतिथ्यता गरेको छ । ब्यापारीक नगरी बनेपामा प्रतिष्ठानको केन्द्रीय सभा सम्पन्न गरी सहभागिहरुलाई बनेपाका विभिन्न क्षेत्रको अवलोकन गराईएको थियो । 
    नेपाल ह्दयरोग निवारण प्रतिष्ठानको ३१ आंै केन्द्रीय सभा सम्पन्न गर्न जिल्लामा ग्रोवेन तौजलेको संयोजकमा विभिन्न समितिहरु गठन गरिएको थियो । उक्त समितिले सभा सम्पन्न गराउन विशेष भूमिका खेलेको संयोजक तौजलले बताउनु भयो । सभामा केन्द्रीय समितिले गरेका बार्षिक गतिविधिहरुका बारेमा छलफल भएको थियो भने जिल्ला शाखाले साधारण सभाका अवसरमा सहभागिहरुलाई योगाभ्यास तथा प्रभातफेरी गराएको थियो । बनेपाको ऐतिहासिक चण्डेश्वरी मन्दिरसम्म पु¥याउँदै बनेपा र काभ्रे जिल्लाका विषयमा जानकारी गराईएको थियो । पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगको महामारी फैलिएकाले त्यसको रोकथामका लागि मुटुको संरक्षण र मुटुमा थप समस्या हुन नदिन नेपाल ह्दयरोग निवारण प्रतिष्ठानले कार्य गरिरहेको छ । सभामा संस्थापकहरु, निर्वाचित कार्य समिति तथा विशिष्ठ ब्यक्तिहरुको सहभागिता रहेको थियो ।