उद्धबप्रसाद अधिरकारी/पलाञ्चोक
पलाञ्चोक भगवती माध्यमिक विद्यालयको ५० औ स्वर्ण महोत्सब पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी खरेलले विद्यालयको ५० औ स्वर्ण महोत्सब मनाउन पाउँदा हर्षित भएको बताउनु भयो । विद्यालयको भौतिक विकास सगै शेक्षिक गुणस्तरमा विशेष ध्यान दिनु पर्ने खरेलले बताउनु भयो । नगरपालिकाले विकास सगै वालबालिकाहरु प्रति संवेनशिल भएर शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । प्राविधिक शिक्षामा जोड दिई ब्यबहारीक, अनुशासित, नैतिक शिक्षा दिई रोजगार मुलक शिक्षामा जोड दिनु पर्ने खरेलले वताउनु भयो । कार्यक्रममा विशेष अतिथी उप प्रमुख सुर्यमाया दनुवार, पाँचखाल नगरपालिका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष संजय तामाङ, वडा नम्बर ९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठ, नेपाल लाईफ ईन्ष्युरेन्स पाँचखाल ब्रान्चका किरण श्रेष्ठ, समाजसेवी रामशरण रेग्मी, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न सघं सस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा स्मारीका विमोचन, जग्गादाताहरुलाई सम्मान, खेलकुद सप्ताहमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका वार्षिक प्रतिबेदन प्रध्यानाध्यापक बेगबहादुर थापाले राख्नु भएको थियो भने कार्यक्रमको सभापतित्व विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष उज्जवल श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन शिक्षक लक्ष्मण दुलालले गर्नु भएको थियो ।









