बनेपा/सिद्धार्थ एकेडेमी बनेपामा संघिय प्रहरी ईकाई बागमती प्रदेश कार्यालय जनागालको संयोजनमा विद्यार्थीहरुलाई यौन हिंसा र कानूनी ब्यबस्था सम्बन्धी सचेतना कार्यक्रमको आोजना गरेको छ ।
विद्यालयका कक्षा ८, ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई साईबर क्राईमबाट बच्ने, घरेलु हिंसाबाट र यौन हिंसाबाट बच्नका लागी सचेत गराईएको थियो । १३ वर्ष देखी १८ वर्ष सम्मको उमेर शारीरिक परिर्वतन हुने र बाह्य कुरामा बढी ध्यान जाने भएकाले योन हिंसाबाट जोगिन र परिहाले कानूनीबारे सचेत गराईएको थियो । सचेतना कार्यक्रममा डिएस्पी सुवास खड्का र इन्सपेक्टर ईन्द्र अधिकारीले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणमा यौनजन्य हिंसाले महिलाको यौनजन्य अङ्ग तथा अन्य सम्बेदनशील अङ्ग सम्बन्धित दुव्र्यवहार उत्पीडनलाई जनाउने, महिलाको इच्छाविरूद्ध जबरजस्ती करणी गर्ने, १८ वर्ष मुनिका बालबालिकाको सहमति लिएर यौनसम्बन्ध राख्ने वा राख्न प्रयास गर्ने एवं यौन अङ्ग तथा अन्य संवेदनशील अङ्ग छुने वा नजिक आउने, अश्लील चित्र, दृश्य वा फिल्म देखाउनेवा जबर जस्ती र चित्र, दृश्य वा फिल्म खिच्न कर लगाउने आदि यौनजन्य हिंसाभित्र पर्ने बताएको थियो । यस्ता कार्यहरुबाट बच्न यस्ता कार्यहरु गरेमा कारवाहीका लागी कानूनी ब्यबस्था भएको खड्काले बताउनु भयो । सचेतना कार्यक्रममा विद्यालयका प्रिन्सिपल लुईटेलले विद्यालयमा विभिन्न सचेतना कार्यक्रमहरु संचालन गर्दे आएको बताउनु भयो । पछिल्लो समयमा बालबालिकहरु मोबाईलमा बढी ब्यस्त हुने भएकाले सञ्चारको विकास सँगै साईबर क्राईमबाट सुरक्षित हुन आग्रह गर्नु भएको थियो ।









